Logo

निगमका अध्यक्ष खरेलले दिए राजीनामा



माघ ५, काठमाण्डौ । नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार विहान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् ।

अध्यक्ष भएपछि खरेलले निगममा सुधार गर्नुको साटो बेथिती भित्र्याएको आरोप लाग्दै आएको थियो । मन्त्री भट्टराईले खरेललाई कारबाही गर्ने तयारी गरिरहेका थिए ।

खरेललाई २०७५ भदौमामन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको थियो । निगमको संचालक समितिको अध्यक्ष उड्डयन मन्त्रालयका सचिव हुने व्यवस्था रहेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले खरेललाई कार्यकारी अध्यक्ष बनाएका थिए ।

उड्डयन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईले सम्हाले लगत्तै उनले खरेलको कार्यक्षमता माथि नै प्रश्न उठाउँदै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्