Logo

प्रधानमन्त्री ओलीले साथ नदिएपछि मदन खरेलले दिए राजीनामा



काठमाडौं, ५ माघ । विवादमा मुछिएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन् । उनलाई राजीनामा दिन पर्यटनमन्त्री योगेश भट्टराईले पटक पटक निर्देशन दिंदा पनि अटेर गर्दै आएका थिए ।

भट्टराईको निर्देशन लत्याउँदै खरेलले प्रधानमन्त्री ओलीले भनेपछि मात्र राजीनामा दिने बताएका थिए । तर, ओलीले समेत राजीनामा दिन भनेपछि खरेल पछि हटेका थिए । मन्त्री भट्टराईले राजीनामा नदिए कारबाहीको चेतावनी दिदै आएका थिए ।

निगमका अध्यक्ष हुँदा खरेल वाइडवडीको जापान उडान, विमान खरिद प्रक्रियालगायतमा विवादमा मुछिएका थिए । उनीमाथि नेपाल वायु सेवा निगमलाई संकटमा पुर्याएर विदेशी कम्पनिलाई जिम्मा दिने योजना बनाएको आरोप पनि लागेको थियो ।

एकपछि अर्को काण्डमा मुछिएपछि खरेल विवादमा परेका थिए । उनको भूमिकाप्रति गम्भीर प्रश्न उठेपछि व्यापक दबाब बढेको थियो ।

रिपोर्टर्स नेपालले विगत केही महिनायता खरेलले गरेका विवादास्पद क्रियाकलापको खुलासा गर्दै आएको थियो । उनले जापान उडानमा चलखेल गरेको र निगमलाई संकटमा पुर्याउन हवाई माफियाको योजना अनुसार काम गरेको खुलासा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्