Logo

रवि लामिछानेलाई सफाई



काठमाडौं, ५ माघ । टेलिभिजन प्रस्तोता रवि लामिछाने आत्महत्या दुरुत्साहन मुद्दामा सफाई पाउन सफल भएका छन् । चितवन जिल्ला अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई सफाई दिएको हो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनमा उनीमाथि दायर मुद्दाको सुनुवाईपछि न्यायाधीश हेमन्त रावलको इजलासलले सफाई दिएको हो । पत्रकार पुडासैनीले चितवनको होटलमा आत्महत्या गर्दा लामिछाने, कँडेल र कार्कीमाथि आत्महत्या गर्न वाध्य पारेको भिडियो तयार पारेका थिए । त्यसैका आधारमा उनीमाथि आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको थियो ।

जिल्ला अदालतबाट सफाई पाएपनि तीनजनामाथि उच्च अदालतमा पुनरावेदनको मुद्दा अगाडि बढ्न सक्छ । मुद्दा अगाडि बढे अन्तिम किनारा लाग्न अझै केही समय लाग्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्