Logo

अबको सभामुख अग्नि सापकोटा



काठमाडौं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टीले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सभामुखमा विहान प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बसेर सहमति गरेका थिए । दुई अध्यक्षको सहमतिलाई सचिवालयमा निर्णय गरी टुंग्याइएको हो ।

सभामुख उम्मेदवार चयनलगत्तै लामो समययता अनिर्णित संसद बैठक समेत भोलिबाट सुचारु हुने निश्चित भएको छ । सापकोटा सभामुख उम्मेदवार बन्ने भएपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको राजीनामा आउने भएको छ ।

संसदमा नेकपाको बहुमत भएकाले उसको आधिकारिक उम्मेदवार अग्नि सापकोटा सभामुख बन्ने निश्चितप्रायः भएको छ । निवर्तमान सभामुख कृष्णबहादुर महरा जर्बजस्ती करणी उद्दोगमा मुछिएपछि राजीनामा दिन वाध्य भएका थिए । त्यसपछि झण्डै चार महिनायता सभामुख पद रिक्त रहँदै आएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्