Logo

कर्मचारी काठमाडौंको रिमोटबाट चल्छन्- मन्त्री रामनरेश राय



काठमाडौं, ५ माघ । प्रदेश नम्बर २ का मन्त्री रामनरेश राय यादव खरो बोल्छन् । संघीयतालाई कमजोर पार्न केन्द्र सरकार लागेको र कर्मचारीले पनि नटरेको बताउँछन् । यादवसँग प्रदेश २ को कार्यक्रम र देशको राजनीतिक अवस्थाबारे ऋषि धमलाले गरेको कुराकानीः
मधेसी नेताहरुले आफ्नै लागि मात्र काम गरे, जनताको लागि केही गरेनन् भन्ने छ नि साँचो हो ?
भन्नको लागि लोकतन्त्रमा सबैलाई छुट छ, जे भने पनि हुन्छ । यहाँ जनताको लागि काम भएको नभएको छ मैले पहिला पनि भनेको थिएँ । पहिला मधेसमा काम भएको नभएको त्यहाँ गएर हेर्नुपछ ।
त्यहाँका जनताले भनेका छन्, मधेसका राजनीतिक पार्टीहरु असफल भनेर ?
मधेस सरकारको कुनै दाजुको छडी छैन । त्यो न केन्द्रले दिएको छ, न त संघीयले । दाजुको छडी एक पटक घुमाउँदैमा सदियौंदेखि विभेदमा पारिएको जुन समुदाय हो । यहाँ थारु, मुस्लिमलगायतका जातजातिहरु बसोबास गरेका ८ वटा जिल्लाको प्रदेश बनाइदिएको छ । यो साढे दुईवर्षको जुन सरकारको संरचना छ, त्यसलाई भित्र गएर हेर्नुभएको छ ?
तपाईंहरु सेवा, सुविधा लिनुहुन्छ, जनताको के हालत भएको बुझ्नुभएको छ ?
मन्त्रीको कुर्सीमा बसेको छ । सरकार उसको छ, त्यसलाई भन्नको लागि त जे पनि भिन्न सक्रिन्छ नि । गोली खानको लागि त हामी तयार भएरै बसेका छौं नि । तर, गाली गर्नलाई सबै पाटो हेर्नुपर्छ । यहाँ काठमाडौंको रिमोटबाट चल्ने कर्मचारी छन् । उनीहरु आफ्नो कार्य क्षेत्रमा कति दिन बस्छन् । ती कर्मचारीहरुको काममा भरपर्छ ।
तपार्इंंहरु कर्मचारी र संघीय सरकारलाई गाली गरेर उम्किन खोज्नुभएको हो ?
मैले कहाँ गाली गरेको छु । त्यो गाली गरेको होइन, वृत्तिको उजागर गराएको हौं । हामी केन्द्र सरकार कर्मचारीलाई ध्यानाकर्षण गराउन चाहन्छौं । जब हामीले समृद्ध नेपाल सुखी नेपाली भनेर नारा ल्याएका छौं । जबसम्म प्रदेश र स्थानीय सरकारको अधिकार हुँदैन, तबसम्म पुरा हुन सक्दैन ।
प्रदेश सरकार तपाईंहरुको छ आपूm पनि मन्त्री हुनुहुन्छ अनि किन काम गर्न सक्नुभएन ?
ऋषिजी, अब एकले अर्कालाई गाली गर्ने समय होइन । अहिले स्थानीय, प्रदेश र संघीय गरेर तीन तहको सरकार छ । यी सबैले मिलेर काम गर्ने बेला भएको छ । संघीय सरकारको जुन संकल्प छ, त्यो पूरा गर्नको लागि हामी अहोरात्र काम गर्न तयार छौं ।
तपार्इंंहरुले कति काम गर्नुभएको समीक्षाको घडी आइसकेको छ नि ?
हामीले अहिले त्यो काम गर्न लागिपरेका छौं कि अब सबैले हातमालो गरेर अगाडि बढ्नुपर्छ ।
अगाडि त बढ्नु्पर्छ तर त्यहाँका मन्त्रीहरु कसरी लुट्ने भनेर लागेका छन् नि ?
ऋषिजी, यहाँ छ के र कसले लुट्छ । जहाँसम्म अख्तियारको कुरा छ, प्रदेश नं. २ सबैभन्दा बढी भ्रष्टाचार भएको छ । त्यो कार्यक्रममा हामी पनि गएका थियौं । ६० प्रतिशत भ्रष्टाचार भएको छ भनेर निवेदन परेको छ भनिएको छ । निवेदन पर्दैमा सबै भ्रष्टाचारी हुने होइन । कहाँ कसले गरेको छ, त्यो छुट्ट्याउनुपर्छ । ठीक छ, प्रदेश नं. २ का जनता सजग छन् त्यसैले निवेदन गरिरहेका छन् । यो प्रदेश नं. २ लाई जानीजानी बद्नाम गराउने काम भएको छ । यो प्रदेशलाई दिएको कति छ ? अनि भ्रष्टाचार गरिहाल्यो । अरु प्रदेशमा कुनै काननु हुँदैन ? यहाँ मात्रै हुन्छ ? आफ्नो ठाउँ, आफ्नो जनतामाथि भ्रष्टाचारीको दोष लागउने भोलि उनीहरुलाई राजनीति गर्नु छैन ?
राजनीति गर्नुहोस्, तर जनताको लागि गर्नुहोस् न त ?
ऋषिजी अब प्रदेश नंंंं २ सबै सांसद्, मन्त्री भ्रष्टाचारी हुन् त ? एउटा व्यक्तिले दश÷दश वटा महल काठमाडौंमा ठड्याएका छन् । उनीहरु भ्रष्टाचारी होइनन् । मधेसीहरुको कुनै राज्य होइन, दुई दिन सत्तामा गयो भने पुरै भ्रष्टाचारी भइहाले । प्रमाणित गर्नुप¥यो, प्रमाणितै नगरी भ्रष्टाचारी भनिदिने । त्यसरी भन्न मिल्दैन ऋषिजी ।
तपाईंहरुको सरकार छ, मन्त्री हुनुहुन्छ, त्यहाँका सहिद र घाइते परिवारले के पाए आपैm कमाइरहनु भएको छ नि आज ?
जनआन्दोलनमार्पmत यो देशमा संघीय गणतन्त्रात्मक गणतन्त्र स्थापना भएको छ । त्यसैमा टेकेर यो सरकार निर्माण भएको हो । प्रदेश नं. २ को सरकारले सहिद परिवारहरुलाई के के गरेको छ, त्यस डाटा त लिनुहोस् न ।
तपाईंहरु गाडिमा हिड्नुभएको छ, आपूm कमाउनुभएको छ, जनताले त अनुभू ितगर्न पाएका छैनन् नि ?
यहाँ सहिद परिवारको लागि एक परिवार एक रोजगारको व्यवस्था गरेको छ । धेरै ठाउँमा सहिद परिवारले रोजगारी पाएका छन् । मेरो मन्त्रालयमा पनि त्यही परिवारले नै रोजगारी पाएको छ ।
आन्दोलनका घाइतेहरुको पीडा तपार्इंंहरुलाई थाहाँ ?
निश्चित रुपले उहाँहरुको पीडाको सम्बोधन भएको छ ।
जागिर दिनुभएको छ ?
घाइतेहरुलाई पनि हामीले प्रदेश सरकारमार्पmत उपचार खर्च दिएका छौं । त्यसलाई हामीले एक, दुई तीन गरेर तीन फेजमा बाँडिएको थियो । उहाँहरुको क्षति र प्रदेश सरकारको गच्छेअनुसार उपचार खर्च दिएको छ ।
राजपा र संघीय समाजवादी पार्टीले. पैसा र पदको लागि राजनीति गरेको हो, जनताको लागि होइन भन्ने छ नि ?
त्यो कुरा विलकुल होइन । आन्दोलनको बेला कति मरेका छन् तिनको के भएको छ । एउटा संविधान संशोधनको कुरा आएको छ, त्यो पनि संघीय सरकारले गरिदिएको छैन । अहिलेसम्म मधेसमा विभेदमा पारिएकाको लागि कुन पार्टीले काम गरेको त्यो त यहीं दुईवटा पार्टीले गरेको छ । राष्ट्रिय जनता पार्टी अहिलेसम्म सरकारमा सामेल भएको छैन, किन नभएको त्यही अधिकारको लागि हो ।
तपाईंका शीर्ष नेताहरुले बालुवाटारमा पुगेर हामी सरकारमा जान्छौं भनेको होइन ?
राजपामाथि आज होइन, जुन दिनदेखि चुनाव जितेर संसद्मा आएको छ । त्यही दिन देखि विभिन्न किसिमका टिकाटिप्पणी हुने गरेका छन् । यो हुँदाहुँदै पनि मधेसी जनताको लागि खडा उत्रिएको पार्टी भनेको राजपा नै हो ।
तपाईंहरुको त्यो नारा मात्रै हो काम गर्नुभएको छैन ?
कसैले त्यसो भन्दैमा राजपामाथि आरोप लागिहाल्ने होइन । व्यक्तिमा केही कमीकमजोरी होला तर आजसम्म मधेसको मुद्दा लिएर खडा हुने भनेको राजपा नै हो । यो अडानमा कसैले औंला ठड्याउन सक्दैन ।
पावर र कमाउनका लागि जे पनि गर्ने पार्टी भनेर औंला ठडिइरहेको छ नि ?
राजनीति गर्ने व्यक्तिलाई कसैले पूmलको माला लगाइरहेको छ भने उसलाई जुत्ताको माला लगाउने पनि अधिकार छ नि । तर, मधेसको लागि यदि इमान्दार पार्टी छ भने त्यो राजपा नै हो भनेर जनताले भनिरहेका छन् ।
राजपा त पदको लागि विश्वमा कहीं नभएको पद सिर्जना गर्छ, अध्यक्ष मात्रै ६ जना छ नि ?
तपाईंलाई थाहै छैन, यही त हो लोकतन्त्र । अरु जस्तो तानाशाही पार्टी हाम्रो होइन, जसको एक जना मात्रै अध्यक्ष होस् । यसैलाई पनि तपार्इंंले धन्यवाद दिनुपर्छ । एकजनाले मात्रै हैकम चलाउने होइन । ६ वटा पार्टीको एकीकरण भएको छ, ती ६ वटा पार्टीबाट सामुहिक नेतृत्व चलाउन त्यसो गरिएको हो । अरु पार्टीको मान्छेले पद पाएपछि छोड्नै चाहँदैन तर जब राजपा निर्माण भयो । त्यसमा सामुहिक नेतृत्वको व्यवस्था गरिएको छ ।
२ नं. प्रदेशमाका नेताहरुले नै यो सरकार ंभ्रष्टाचारमा चुर्लुम्म डुबेकाले अहिलेको गठबन्धन भत्काउनुपर्छ भनेका छन् नि ?
यदि यो सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको छ भने त्यसलाई प्रमाणित गरेर देखाउनुपर्छ । त्यसै भन्न पाइँदैन ।



प्रतिक्रिया दिनुहोस्