Logo

नेपालमा कोरोना भाइरसको खतरा !



माघ ५, काठमाण्डौ । विश्वमा बेलाबेलामा विभिन्न रोगको संक्रमण फैलिने गरेको छ । त्यसको असर नेपालमा पनि पर्ने गरेको छ । पछिल्लो समय चिनमा फैलिएको कोरोना भाइरसबाट नेपाली नागरिक पनि संक्रमित भएको हल्ला फैलियो । स्वास्थ्य परीक्षणपछि उक्त भाइरस नेपालीमा नरहेको पुष्टी भयो । यद्यपी चिनको छिमेकी दिेश भएकाले नेपाल जोखिममा रहेको भन्दै सचेत गराइएको छ ।

सरकारले नेपाल भ्रमण बर्ष २०२० मनाउदै गर्दा यो रोग नेपालमा पनि नफैलिएला भन्न सकिन्न । भ्रमण बर्ष मनाउने तर स्वास्थ्य सम्बन्धि आवश्यक तयारी नगर्ने प्रबिधिले यस्ता रोगहरुबाट नेपाल जोखिमयुक्त छ । पछिल्लो समय चिनमा व्यापक रुपमा फैलिरहेको कोरोना भाइरस कारण २ जनाको मृत्यु भइसकेको छ । त्यस्तै सरुवा रोगको रुपमा देखा परेको भाइरस चीन हुदै अन्य देश थाइल्यान्ड, जापान र फ्रान्समा समेत देखिएको छ ।

चिनबाट दैनिक हजारौ पर्यटक नेपाल आउने भएकाले पनि उक्त भाइरस नेपाल प्रवेश नगर्ला भन्न सकिदैन । नेपालमा कोरोना भाइरसले प्रवेश गरिहाल्यो भने त्यसको परीक्षणका लागि पर्याप्त उपकरण र प्रविधि नभएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक वासुदेव पाण्डेले स्पष्ट पारेका छन् ।

मिर्गौलाले काम गर्न छोडेर मानिसको मृत्युसमेत हुन सक्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाले यस्ता कुनै पनि रोगहरु नफैलिउन भन्नका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कलाई सञ्चालन गरिएको जानकारी दिएको छ । तर आवश्यक मात्रमा चुस्त र प्रविधियुक्त बनाउन ध्यान दिन सकेको छैन् ।

कोरोना भाइरस भर्खरै पहिचान गरिएको हो । यो जनावरबाट मानिसमा सर्ने भाइरस हो । कोरोना भाइरसको संक्रमण भएमा ज्वरो आउने, श्वास प्रश्वासमा समस्या आउने र निमोनियको लक्षण देखिने गर्छ । यो भाइरसले फोक्सोको ठूलो भागमा असर गरी त्यसले निमोनियाको विकास गर्ने चिकित्सक बताउछन् । विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशलाई कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै तयारी अवस्थामा रहन भनेकाले नेपाल सरकार पनि चनाखो हुनुपर्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot