Logo

सूचना प्रविधि विद्येयकको विरोधमा कांग्रेसले निकाल्यो जुलुश (फोटोफिचर)



७७ वटै जिल्लाका सिडिओमार्फत बुझायो ज्ञापनपत्र

काठमाडौं, ५ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि विद्येयकको विरोधमा आज देशव्यापी रुपमा विरोध तथा जुलुश निकालेको छ। उसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रस्तावित सूचना प्रविधि विधेयकको विरोधमा सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने नियतले विधेयक आएको हुँदा त्यसको विरोध स्वरुप ज्ञापनपत्र बुझाइएको सांसद राजन केसीले जानकारी दिए । केसीका अनुसार सरकारले ल्याएको नेपाल सेवा विधेयक र विकास तथा प्रविधि समितिबाट पारित सूचना प्रविधि विधेयकको विरोधमा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु माफर्त कांग्रेसले ज्ञापन पत्र बुझाएको हो।

काठमाडौंको जुलुश तथा विरोध र्यालीको नेतृत्व भने कांग्रेस जिल्ला सभापति सबुज बानियाँले गरेका थिए । कांग्रेसले काठमाडौंमा सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुमार्फत सरकारलाई विरोध पत्र बुझाएको छ।

बानियाँले लोततन्त्रलाई समाप्त पार्ने, जनअधिकार र स्वतन्त्रमा बन्देज हुने किसिमले आएका विधेयकहरुको विरोधमा ज्ञापन बुझाइएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot