Logo

नेकपा सचिवालय निर्णय सापकोटा सभामुख उम्मेदवार



काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले रिक्त सभामुख पदमा अग्नी सापकोटलाई उम्मेदबार बनाउने निर्णय गरेको छ । बालुबाटारमा आइबार बसेको सचिवालय बैठकले सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा निर्वाचित सांसद सापकोटालाई सभामुख पदका लागि सिफारिस गर्ने निर्णय गरिएको नेकपाका नेता विष्णु पौडेलले बताए ।

साँगाचोकगढी नगरपालिका ४, सिन्धुपाल्चोक कुबिन्डेमा जन्मिएका सापकोटा वि.सं २०३० सालदेखि विद्यार्थी राजनीतिमा आवद्ध थिए । २०३६ सालमा तत्कालीन संयुक्त जनमोर्चाको चौंथो जिल्ला महाधिवेशनबाट संस्थापक जिल्ला सचिव र २०४८ सालमा केन्द्रीय सदस्य हुँदै उनी २०५१ सालदेखि नेकपा ९माओवादी० मा आवद्ध भएको थियो । उनले जनयुद्धका बेला भूमिगत भई विभिन्न मोर्चामा रहेर काम गर्नुभएको थियो यस अघि सूचना तथा सञ्चारमन्त्री भएका सापकोटा जनयुद्धका बेला सरकारसँगको पहिलो वार्ता टोलीमा सदस्य रहेको थियो ।

उहाँ २०७४ सालमा माओवादी स्थायी समिति सदस्य हुनुका साथै २०७५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा स्थायी समिति सदस्य बन्नुभएको थियो । उहाँ २०६४ र २०७० सालमा सिन्धुपाल्चोक–२ बाट संविधानसभा सदस्य निवार्चित भएको थियो । त्यस्तै, २०७४ सालमा सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्