Logo

निगमका अध्यक्ष खरेलको राजीनामा



काठमाडौं, ६ माघ । नेपाल वायुसेवा निगमको अध्यक्षबाट मदन खरेलले राजीनामा दिएका छन् । उनले आइतबार पर्यटन मन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् ।

नेपाल वायु सेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार राजीनामा दिएको भन्ने सुनिए पनि अहिलेसम्म किन राजीनामा दिए भन्ने जानकारी भने आएको छैन । प्रवक्ता चन्द भन्छन्, उहाँ राजीनामापश्चात ड्रागन इयरबाट अस्ट्रेलिया जाँदै हुनुहुन्छ त्यसैले बाँकी जानकारी भने पाउन सकिएको छैन ।

मदन खरेल यसअघि २०७० सालमा महाप्रवन्धक बनेका थिए । तर त्यसबेला पनि उनले एक वर्षपछि नै राजीनामा दिएका थिए ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्