Logo

मोरङमा विस्फोट, तीन स्काभेटरमा क्षति



काठमाडौं, माघ ६ । मोरङको उत्तरपूर्वी क्षेत्रमा रहेको मिक्लाजुङ गाउँपालिकामा अज्ञात समूहले गराएको विस्फोटबाट करोडौं रकमको मेसिन जलेका छन् ।

आइतबार मध्येरातमा गराएको विस्फोटबाट राति गाँउपालिकाको रमितेमा सडक निर्माणका लागि राखिएका तीनवटा स्काभेटरमा क्षति पुगेको छ । बम बिस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन् । सडक निमार्ण हुनु हुँदैन भन्ने पक्षले उक्त विस्फोट गराएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ ।



प्रतिक्रिया दिनुहोस्