Logo

मारेको अभियोगमा सभामुख भयो, देश अपराधिक साम्राज्यको ऐना- काँग्रेस प्रवक्ता शर्मा



काठमाडौं, ६ माघ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मान्छे मारेको अभियोग लागेकालाई नेपाल कम्युनिष्ट पार्टीले सभामुख उम्मेदवार चयन गरेको भन्दै आलोचना गरेका छन् । उनले आज ट्वीटरमार्फत् नेकपाले सभामुखको उम्मेदवार चयन गरेको अग्निप्रसाद सापकोटाको आलोचना गरेका हुन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्धन्द्धकालमा मारिएकामध्ये पाँच हजार मान्छे मारेको आफूले जिम्मेवारी लिने भनी गत हप्ता दिएको अभिव्यक्तिप्रति व्यङ्ग्य गर्दै भनेका छन्, ‘एउटाले पाँच हजारको जिम्मा लियो पुगे अर्को एउटा मारेको अभियोगमा सभामुख भयो ।’ शर्माले देश अपराधिक साम्राज्यको ऐना बनेको समेत टिप्पणी गरेका छन् । उनले अगाडि भनेका छन्, ‘देश देश जस्तो लाग्दैन यो अपराधिक साम्राज्यको ऐना हो लुट्न सके लुट !’

संसदमा आज सभामुख निर्वाचन प्रक्रिया अगाडि बढ्न लाग्दा शर्माको भनाई आएको हो । सभामुखका प्रस्तावित उम्मेदवार अग्निप्रसाद सापकोटामाथि काभ्रेमा अर्जुन लामा हत्याको अभियोग छ ।



प्रतिक्रिया दिनुहोस्