Logo

चीनलाइ घेर्न अमेरिका नेपाल आउन पर्दैन



अनिल गिरी: मदन भन्डारीको सडक दुर्घटनामा रहस्यमय तरिकाले मृत्यु भयो।तत्कालिन प्रधानमन्त्री गिरिजालाई दोषी देखाईयो। सिआईए, रअ, दरबारको षड्यन्त्र भनियो।आन्दोलन भयो, रेलिङ भाँचिए। त्यती बेलाका अहिलेका जस्ता फेसबुके र युटुबेहरू थिए नेकपाका कार्यकरताहरू।बचेका एक जना ड्राईभर थिए अमर लामा उनलाई दरबार हत्याकान्डपछि ज्ञानेन्द्रको शासनकाल र माओबादी आन्दोलनको उत्कर्षमा कीर्तीपुरमा हत्या गरियो।

त्यसपछि महाकाली सन्धी भयो।नेकपा मालेका नेताहरू अहिलेका के पि र माधवले सेटलाईटबाट बिजुली बेच्ने कुरा गरे, पश्चिमबाट घाम उदाउने कुरा गरे।पार्टी फूट्यो। भारतले पानी पाएकै थियो, बिजुली आफै उत्पादन गर्न थालेपछि उसलाइ महाकाली किन चाहियो।सबै आरोपहरू निराधार निस्के।बामदेबहरू पार्टी एकता गरे, पृथ्बीनारायण शाहपछि ठूलो राष्ट्रबादी नेता ओली निस्के।

माओबादी आन्दोलन शुरू भयो।अनेक अड्कलबाजि भए।कोही दरबारले चलाएको भन्थे, कोही भारतीय डिजाइन भन्थे।कोही सिआईएले चलाएको भन्थे त कोही इयू।त्यती बेलाका फेसबुके र युट्युबेले अहिलेको जस्तै रमिता गर्थे के के लेखेर र बोलेर।अरू त अरू प्रचन्ड भन्ने मान्छेनै छैन। प्रचन्ड भनेकै ज्ञानेन्द्रसम्म हो भने नेपाल आमाका बरदपुत्रहरूले।पछि प्रचन्ड सार्बजनिक भए, राजसंस्था फाल्ने सहमती भयो,नयाँ राजनीतिक कोर्समा देश गयो।

राजदरबार हत्याकान्ड भयो।कसैले दिपेन्द्र त कसैले ज्ञानेन्द्र त कसैले सिआईए त कसैले रअको हात देखे हत्याकान्डका पछि। अहिलेका जस्तै युटुबे र फेसबुके थिए यस्तै बकम्फूसे र हाबादारी कुरा गरेर जनतालाइ दिग्भ्रमित बनाउथे।

त्यसपछि अर्काथरी आए नेपाल आमाका बरदपुत्रहरू संबिधान बन्दैन भन्थे, भारतले नेपाललाई सिक्किम बनाउदै छ भनेर खोक्थे,तराई टुक्रायो भन्थे,अमेरिका र भारत मिलेर जातीय आन्दोलन चर्काएर यूगोस्लाभिया, सूडान बनाउन लाग्यो भन्थे। यि तमाम सस्ता बजारिया हल्ला, नेपाली चेतनालाई दिग्भ्रमित बनाउने,आधारहीन र तथ्यहीन कथ्यहरूकाबीचमा संबिधान जारी भयो।नाकाबन्दी खेपियो।नेपाल सिक्किमपनि बनेन,पुर्व देखी पश्चिम तराइ एक प्रदेश मागेकाहरू ९ जिल्ला अहिलेको २ नं प्रदेशमा खुम्चिन बाध्य भयो।नाकाबन्दी बिरूद्द नेपाली जनता लडे,थाहै नपाइ गरिएको नाकाबन्दी थाहै नपाइ हट्यो।

अहिले फेरी एक थरी परालका खुट्टा भएकाहरू नेपाल सार्बभौमसत्ता सम्पन्न मुलुक हो, स्बाधिन हो, कहिल्यै पराधिन हुन नपरेको र सार्बभौमसत्ता र भौगोलिक अखन्डता अक्षुण राख्दै आएको मुलुक हो भन्ने बिर्सैर एकथरी भाटहरूले एउटा जाबो अमेरिकी सहयोगलाई लिएर नेपालीको हुर्मत लिदैछन्। अमेरिकी सेना नेपाल भित्रिदै छ भन्दै नानाथरी हल्ला फिजाएर नेपाली नेपालीका बीचमा लडाई पारेर आफ्नो दुनो सोज्याउने एउटा पक्ष आफ्नो अभिष्ट पुरा गर्न खोज्दैछ।किन,के बापत आउने अमेरिका सेना नेपालमा ?कसले अनुमती दिन्छ? कुन सँझौतामा छ अमेरिकी सेना नेपाल आउने? कसले प्रमाणित गर्यो मुस्ताङमा युरेनियम छ भनेर ? अमेरिकी सेना यसै आउछ! आउने र पस्ने भए जमानामा आउथ्यो।

चीनलाई घेर्न रे ? चीनलाइ घेर्न अमेरिका नेपाल आउन पर्दैन हो काईतेहरू फेरी नेपालकै कारण चीन र अमेरिका न लड्छन् न त मिल्छन् नै।परालका खुट्टा भएकाहरू, हिम्मत, आट र आत्मबिश्बास नभएकाहरू, देशप्रति भरोसा नभएकाहरूले गर्छन यस्ता हाबादारी कुरा।जोसँग आँट छैन, साहस छैन र जोसँग आत्मबिश्वास छैन त्यस्ता पाखन्डी र बिचारले हरितन्नमहरुले लगाउछन् यस्तो आरोप।आफूप्रति नै भरोसा नहुनेहरू र बिचार निर्माणकै लागी अरूको बैशाखी टेकेकाहरूका कुरामा कुनै दम हुदैन।एमसिसि कार्यान्बयनमा आएपछि अहिले नानाथरी कुरागर्नेहरू ५ बर्षपछि गर्छन के ? कसैले नभनेसम्म जुट्न र फुट्न नसक्ने हाम्रो बानी हो। (पत्रकार अनिल गिरीको यो विचार उनको फेसबुक पेजबाट साभार गरिएको हो )



प्रतिक्रिया दिनुहोस्