Logo

उपसभामुख तुम्बाहाङफेद्वारा राजीनामा



काठमाडौं, ६ माघ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिएकी छन् । आज (सोमबार) प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा दिएको घोषणा गरेकी हुन् ।

सभामुख चयनका लागि आफूले मार्गप्रशस्त गर्ने बताउँदै उनले राजीनामा दिएको स्पष्ट पारिन् । उनले आफ्नो दुई वर्षको कार्यकाल अविस्मरणीय रहेको पनि जनाईन् । अब संसदको अर्को बैठक दिउँसो ४ बजे बस्नेछ। file photo



प्रतिक्रिया दिनुहोस्