Logo

सित्तैमा भन्दै ल्याइएको चिनियाँ विमानले करोडौं डुबायो



काठमाडौं, ६ माघ । सित्तैमा पायो भन्दैमा लिन हुन्न त्यसले झन् ठूलो ऋणको भारी बोकाउँछ भन्ने चिनियाँ विमान लिदा चरितार्थ भएको छ । नेपाल वायु सेवा निगमले २०६९ को असोजमा चीनसँग एमए ६० र वाई १२ विमान खरिदको सम्झौता गरेको थियो । चीनमा निर्मित विमानमध्ये दुईवटा अनुदान र बाँकी दुई सहुलियतपूर्ण ऋणमा दिने भनियो । कमिशनको लोभमा नेपालका हवाई माफिया सक्रिय भए । तत्कालिन सरकारका उच्च अधिकारीहरु पनि सित्तैमा र सहुलियतपूर्ण ऋणमा पाइने भन्दै विमानको पक्षमा लागे ।

५६ सिट क्षमताको एमए ६० सुगम क्षेत्रमा र १९ सिट क्षमताको तीनवटा वाई १२ दुर्गम क्षेत्रमा उडान भर्ने योजना बनाइयो । चीनको एभिक इन्टरनेशनसँग एक्जिम बैंकमार्फत् १.५ प्रतिशत ब्याजमा दुई विमानका लागि ऋण समेत दिलाइयो । निगममा विमान बढ्द गई पर्यटन उद्दोगमा लाभ पुग्ने हल्ला चलाइयो । विमान आउँदा हल्लीखल्ली गरियो । ठूलै युद्ध जितेको जस्तो गरियो । अहिले ती विमान ग्राउन्डेड छन् । एउटामात्र कहिलेकाहीं उड्छ । चारवटा विमान सेतो हात्ती सावित भएको छ । मासिक करोडौं घाटा दिइरहेको छ ।

चीन सरकारको ऋण र अनुदानमा पाएको भनिएको चारवटा चिनियाँ जहाजहरु नै घाँडो भएको छ । अनुदानमा भनिएपनि जहाज ऋणमा खरिद गरिएको हो । दुईवटा अनुदान देखाएर दुईवटा ऋणमा पारेर मिलाइएको थियो । विमान खरिद गरिएको सात वर्ष पुग्न लाग्दा पनि ऋण चुक्ता भइसकेको छैन । जसवापत् चीनको एक्जिम बैंकलाई एम ६० र वाई १२ जहाज खरिद गर्दाको ३६ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ ।

एक्जिम बैंकले ऋण तिर्न पटक पटक ताकेता गरिसकेको छैन । एकातर्फ ऋणको बोझ थेगिनसक्नु भएको छ । अर्कोतर्फ चिनियाँ बिमान उडाउन सकिएको छैन । एमए ६० र तीनवटा वाई १२ को किस्तावापत्को अन्तिम किस्ता निगमले तिरेको छैन ।



प्रतिक्रिया दिनुहोस्