Logo

राजीनामापछि शिवमायाको पत्रकार सम्मेलन : बाजी मैले जितें, अब नयाँ ट्रयाकमा हिँड्छु



काठमाडौं, ६ माघ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको उपसभामुख पदबाट राजीनामा दिएपछि डा. शिवमाया तुम्बाहाम्फेले पत्रकार सम्मेलन गरेर आफूले बाजी मारेको प्रतिक्रिया दिएकी छिन् । राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा पत्रकार ऋषि धमलाले सभामुखमा तपाईले बाजी मार्न सक्नुभएन, अग्नि सापकोटाले बाजी मार्नुभयो ? नि भनेर सोधेको प्रश्नमा उनले यस्तो बताएकी हुन् ।

उनले आफू संविधान र यसको मर्मलाई टेकेर अघि बढेको सुनाउँदै यो लडाईमा आफूले नै जितेको दाबी गरिन् । उनले भनिन्,‘म संविधानलाई मानेर अघि बढेको थिएँ । त्यसैले सुरुमा मैले जे बोलेको थिएँ, त्यो आज पूरा गरेर छोडेको छु । म त प्रणालीलाई फलो गरेर हिँड्ने व्यक्ति हुँ । त्यसैले बाजी मैले मारें । सभामुख हुने वा नहुने भन्ने कुरा त सेकेण्डरी पार्ट हो, तर म आफ्नो अडानअनुसार सफल भएको छु ।’

उनले आफूले लिएको अडानलाई लिएर विभिन्न टिकाटिप्पणी भएको उल्लेख गर्दै यसको पछाडि कसैको पनि ब्याक अप नभएको स्पष्ट पारिन् । उनले भनिन्,‘मलाई कसको ब्याक अप छ भनेरपनि धेरै पत्रकार साथीहरुहरुले सोध्नुभयो, तर मेरो पछाडि कुनैपनि व्यक्ति वा संस्थाको ब्याक अप थिएन, बरु थियो त संविधानको ब्याक अप । सबैभन्दा ठूलो कुरा भनेको नै संविधानको ब्याक अप हो । म आजसम्म त्यही ब्याक अप बोकेर हिँडेको छु ।’

तुम्बाहाङ्फेले देशमा राजसंस्थाभन्दा ठूलो पितृसंस्था रहेको टिप्पणी गरिन् । आफू सभामुख नभए पनि संस्थालाई संविधानअनुसार सफल बनाएर छाडेको दाबी गरिन्। उनले भनिन्,‘मैले बाजी मारें। म सभामुख हुन्छुरहुन्न दोस्रो पाटो थियो। तर मैले यो संस्थालाई सफल बनाएँ, देशमा पितृसंस्था यस्तो रहेछ। परिवर्तन गर्न अझै धेरै मेहनत गर्न पर्ने रहेछ। हामी सबै मिलेर राजसंस्था त फालियो। राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ।’

उनले आफूले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धयको निर्देशनानुसार राजीनामा नदिएको पनि जिकिर गरिन् । उनले भनिन्,”मैले त संविधानअनुसार मार्गप्रशस्त गरिदिएको हुँ । म दलीय राजनीतिलाई बलियो बनाउने मान्छे हुँ । हामी दलीय प्रणालीमा छौं । मेरो पहिलो उद्देश्य भनेको नै संस्था जोगाउने हो । हो, मैले त्यो काम पूरा गरेको छु ।”

उनले राजीनामा दिएपछि आफ्र अब नयाँ टयाकमा हिँडने पनि घोषणा गरिन् । तर, त्यो नयाँ बाटो र ट्याक के हो भन्नेबारे उनले केही पनि खुलाईनन् । बरु, उल्टै पत्रकाहरुलाई खोजी रिपोटिको लागि अनुरोध गरिन् । आफूले विगत २ वर्षदेखि प्रतिनिधिसभाको उपसभामुखको हैसियतमा बसेर नयाँ अनुभव हाँसिल गरेको पनि सुनाईन् ।

उनले भनिन्,”एउटा व्यक्ति एउटै पदमा सधैंभरि रहिरहनु हुँदैन भन्ने मेरो मान्यता हो । मेरो कार्यकाल ५ वर्षको थियो । तर, म २ वर्ष पूरा गरेर विशेष कारणले आजबाट यो भूमिकाबाट अलग भएको छु । यति नै मेरो लागि पर्याप्त छ ।”

उनले यसले आफ्नो प्रगतिलाई बाटो दिएको पनि बताईन् । आजैबाट लागु हुनेगरि आफूले उपसभामुबाट राजीनामा दिएको उनको भनाई छ । आफूले पदमा बहाल हुँदा निभाउनुपर्ने दायित्व र कर्तव्य पूरा गरेको पनि उनले स्पष्ट पारिन् । तत्कालिन सभामुख कृष्णबहादुर महराले गत असोज १४ गते पदबाट राजीनामा दिएपछि आफूले यो संस्थालाई नेतृत्वविहीन बनाउनुहुँदैन भनेर नै बैठकको अध्यक्षतापनि गरेको उनको भनाई छ ।

संविधानको धारा ९१ को ४ ले सभामुख पदको रिक्तता भएपछि उपसभामुखले बैठकको अध्यक्षता गर्ने भनेर स्पष्ट लेखेकोले सोही अनुसार आफूले काम गरेको उनले सुनाईन् । धेरै अवरोधका बावजुदपनि आफूले केही महत्वपूर्ण कामहरु गरेको जिकिर गरिन् । उनले भनिन्,”मैले ती अवरोधहरुलाई जित्दै काम गरेको छु । यदि तपाईहरुलाई यसको फेहरिस्त चाहिन्छ भने म उपलब्ध गराउन सक्छु ।”

संसद संवैधानिक अंग भएकोले यो सधैं स्वतन्त्र रहने पनि उनले सुनाईन् । उनले भनिन्,”त्यही भएर मैले यसको स्वतन्त्रताबारे सधैं लडाई लडें । आज मेरो जीत भएको छ । मलाई नेकपाले राजीनामा दिन निर्देशन दिएको भन्ने कुरा बाहिर आएको थियो, तर मैले यसमा अडान लिएँ । यो संस्था स्वतन्त्र छ । यसमा दलीय निर्देशन लागु हुँदैन् । यदि नेकपा नेतृत्वले मलाई राजीनामा दिन आग्रह गरेको भए यसमा थोरै विचार गर्न सकिन्थ्यो । तर, उहाँहरुले मलाई निर्देशन दिनुभयो, त्यही भएर मैले उहाँहरुको निर्देशन मानिन् ।”

आजको दिनसम्म आईपुग्दा आफूलाई पदबाट कहिले राजीनामा दिनुहुन्छ भनेर धेरै प्रश्नहरु पनि आएको स्मरण गर्दै उनले जवाफमा आफूले उपयुक्त समय आएपछि दिन्छु भनेको र त्यो दिन आजै भएको पनि तुम्बाहाम्फेले स्पष्ट पारिन् । उनले आफूलाई एकै क्षेत्रमा ५ वर्ष काम गर्न नपरेकोमा भने खुशी लागेको पनि प्रतिक्रिया दिईन् ।

आफूले पुस ४ गते नै सभामुखको लागि नेकपाले उम्मेद्धवार तय गरे राजीनामा दिएर मार्गप्रशस्त गर्छु भनेको पनि सुनाईन् । यदि दलको निर्देशन मानेर राजीनामा दिएको भए ईतिहास र संविधान मान्ने आदरणीय न्यायप्रेमी जनसमूदायले आफूमाथि औंला ठड्याउने थिए भन्ने कुरापनि सुनाईन् । राजीनामा नदिएर आफूले राम्रो काम गरेको उनको दाबी छ ।

उनले भनिन्-“जनताको चाहना मैले बुझेको थिएँ । त्यही भएर राजीनामा नदिई अडान लिएर बसेको थिएँ । मेरो लक्ष्य भनेको यो संस्थालाई नेतृत्वविहीन बनाउन हुँदैन भन्ने थियो । म त्यो लक्ष्यमा पुग्न सफल भएँ ।” उनले यो दुई वर्षे अवधिमा आफ्नोबारेमा मिडियामा सकारात्मक तथा नकारात्मक दुवै समाचार बनेको तर आफूलाई नकारात्मक समाचारले उर्जा दिएको विश्वास दिलाईन् ।

उनले सभामुखमा आफूले दाबी गर्नु स्वभाविक प्रक्रिया भएको जिकिर गरिन् । आफूले सत्तापक्षले सभामुखको उम्मेद्धवार तय गरेपछि मार्गप्रशस्त गर्छु भनेको र आज त्यो पूरा गरेको दोहोर्याईन् । आफ्नो लडाई भनेको प्रणाली बचाउन रहने भन्दै यो जारी रहने पनि उनले स्पष्ट पारिन् । तस्विर : पत्रकार विनोद कटुवालको फेशबुकबाट साभार 

 



प्रतिक्रिया दिनुहोस्