Logo

प्रधानमन्त्री ओली मन्त्रिमण्डल पूनर्गठनको तयारीमा, शिवमायालाई मन्त्री बनाउने !



काठमाडौं, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद पूनर्गठनको तयारीमा जुटेका छन् । प्रधानमन्त्रीनिकट स्रोतले दिएको जानकारीअनुसार यही माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचन पछि प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक पूनर्गठन गर्ने तयारी थालेका छन् । सरकारमा यो पटक राजपा नेपालको पनि सत्तारोहण हुने बुझिएको छ । यसको लागि नेकपा र राजपा नेपालका प्रभावशाली नेताहरुबीच पछिल्लो समय छलफल चलिरहेको छ ।

अर्को कुरा, प्रतिनिधिसभाको उपसभामुखबाट आजमात्रै राजीनामा दिएकी डा. शिवमाया तुम्बाहाम्फेलाई पनि मन्त्री बनाउने प्रधानमन्त्री ओलीको चाहना छ । उपसभामुखबाट राजीनामा दिनुभन्दा अघि पनि ओलीले उनलाई यस्तो प्रस्ताव राखेका थिए । तर, उनले आफू मन्त्री बन्न ईच्छुक नभएको जवाफ दिएकी थिइन् ।

यो पटकको मन्त्रिमण्डल पूनर्गठनमा ओलीले राजपाबाट दुई जना मन्त्री सरकारमा सहभागी गराउने योजना बनाएका छन् । यस्तो हुँदा अहिलेका केही मन्त्रीहरुलाई उनले विदाई गर्नसक्छन् । निवर्तमान उपसभामुख डा. तुम्बाहाम्फेलाई भने राम्रै मन्त्रालय दिने ओलीको प्रस्ताव छ ।



प्रतिक्रिया दिनुहोस्