Logo

५० मिलियन डलरको साथमा नेपालीको रगत बग्नेछ



डा. प्रेमसिंह बस्न्यात: केही मित्रहरुले मलाई अमेरिकि एमसिसिबाट कती पैसा खाइस र चुप लागेर बसिस भन्ने प्रश्न राख्नु भयो पनि। म कातिक २९ गते बाट माघ १ गते सम्मा देस भित्र र बाहिर समेत् प्रागिक भ्रमण् गर्ने काममा थिय। वास्तवमा सो अबधिमा मलाई कुनै खबर हेर्ने पढ्ने फुर्सद भएन। यद्द्यपी एम सि सि प्रती मेरो भनाइ निम्न छन :

१. यसलाई अमेरिकाले इन्डो प्यासेफिक स्त्रटेजि हो भनेर घोषणा गरेर फेरी होइन भन्दा , फेरी हो भन्ने ,फेरी होइन भन्ने अनी अमेरिकि दुताबासले भिभिन्न संचार माध्यामबाट बढो सस्तो पाराले यस्लाई हाल प्रचार गरी रहेको अवस्थामा ” दाल मा कुछ काला है ? ” भन्ने ठाउँ छ। म यस्लाई संकाको दृष्‍टिले हेर्छु।

२. मलाई राम्रो थाहा छ, राजा महेन्द्रको पालामा यस्तै बिकासे कुरा देखाएर अमेरिकाले हतियार, गोला बारुद सहित् अमेरिकाको कोलाराडोमा तालिम प्राप्त तिब्बती खम्पाहरुलाई मुस्ताङ – मनाङमा तैनाती गराएर चाइना बिरुद्ध हमला गराउने काम गर्दा नेपाल चाइना सम्बन्धमा ठुलो समस्या आयो। झन्डै चाइनाले नेपालमा सेना परिचालन् गर्न खोजेको। तर, नेपाली सेनाले नै खम्पाहरुको समस्या निराकन गर्‍यो।

३. किन अमेरिका ले मनाङ , मुस्ताङ, नाम्चे र उत्तरि ईलाकालाई मात्रा नियन्त्रनमा लिन खोजेको ? त्यो क्षेत्रलाई किन माया गरेको ?

४. संसारभरी रहेको राजनैतीक गडबडि , काटामार , आतंक र राज्य परिवर्तनको दुखेसो कारीब ८० प्रतिसत अमेरिकालाई नै जान्छ। कसैले बुच न पचाये हुन्छ। नेपाली माटो प्रयोग गरी चाइना र भारतलाई ठीक पार्ने ” प्ल्याट फर्म ” को रुपमा नेपाल बन्दैन भन्ने कुनै आधार छन त ?

५. एम सि सि को कर्मचारीहरुमा अमेरिकि सेना छिर्दैनन भन्ने आधार के त ?

६. चाइना र भारतको बध्दो बिकासलाई बाधा पुरायुने अस्त्रको रुपमा नेपाली भुमी प्रयोग नहोला भन्ने आधार के त ?

७. सन १९५० मा नेपालले सन्धि गरेर भारतीय गुलामी भित्र्यार्यो अब सन २०२० मा अमेरिकि गुलामी मात्र होइन नियन्त्रन नै स्विकार्दैन भन्ने आधार के त ?

८. नजिर र प्रमाणको आधारमा नेपालले ५० मिलियन डलरको साथ मा नेपालीको रगत बग्नेछ , भबिस्य मा – सैनिक बम गोला बारुद र युद्ध स्थल बाट। नेपाल अर्को अफ्गानिस्तान बन्दाइन भन्ने आधार के त ?

९ अरु समस्यामा चुइक्क नबोल्ने नेपाली सेनाका रितायर्ड ठुलाबडाहरु अहिले एम सि सि को पक्षमा गीत गाई रहेका छन। कृपया राष्ट्रिय सुरक्षा लाई ख्याल गरेर बोल्नु होला। तपाईं हरुको ब्यक्तिगत सम्बन्ध जे होस् अमेरिका सँग तर यसमा नेपाली सेनाको छबी पनि गासिन्छ। म पनि अमेरिका को बिरोधि होइन तर नेपालको पक्षमा अडिने ब्यक्ती हुँ।

एम सि सि लिने हो भने :

१. सर्तहरु नेपाल कै हुनु पर्छ।
२. चाइना र भारत दुबै छिमेकिहरुलाई विश्वाशमा लियर मात्रा काम गर्नु पर्छ।
३ .साम्सदबाट अनुमोदन हुनु हुन्न। यो मन्त्रिस्तरिय सम्झौता हुनु पर्छ।
४ .अमेरिकि सैन्य रणनिती भित्र छैन भन्ने कुरा अमेरिकि बिदेस मन्त्रालयले नेपाललाई औपचारिक रुपले लेख्नु पर्छ।
५. एम सि सिले चाइना र भारत दुबइ बिरुद्ध प्रयोग हुन्न भनेर सर्त गर्नु पर्छ।

अन्तमा, एम सि सि र बि आर अैइ ( MCC and BRI ) को जूङा को लडाईंले गर्दा नेपाल चेपुवामा परेको हो। यस्तो घिन लाग्दो अन्तरराष्ट्रिय लडाईंमा फस्नु भन्दा एम सि सि र बि आर अै MCC and BRI दुबैलाई नेपाल सरकारले त्याग्नु पर्छ। तीन का दान न भएर कुनै नेपाली मर्दैनन।अमेरिकाले नेपाललाई ठुलो सहयोग गर्दाइ आएको पक्कै हो। तर, नेपाल जस्तो गरीब देसलाई अप्ठेरोमा पारेर घाटी समाउने काम चाइना र अमेरिका दुबैले नगरुन।

यो देस हाम्रो हो , हामी सबैले आर्काको एजेन्ट भएर होइन नेपाली बनेर काम गरुम, एम सि सि र बि रि अैइ MCC and BRI को उत्तर तेही मिल्नेछ।

नेपाली काङ्रेस र बर्तमान सरकारले एक मुख एक जुट बनेर अनी प्रधान मन्त्रीले ” एम सि सि सदन बाट पास् हुन्छ ” भनेर बोली सकेको अवस्थामा मेरो भनाइको कुनै तुक नहोला। तर यो बिषय गुठी बिधयक जस्तो पनि नबनोस। नेपाली जनताको मनोभाबना बुझेर मात्र साम्सद हरुले सक्ती प्रयोग गरुन । (पूर्व सैनिक जनरल डा. प्रेमसिंह बस्न्यातको यो विचार फेसबुक पेजबाट साभार गरिएको हो । यो उनको व्यक्तिगत विचार हो । )



प्रतिक्रिया दिनुहोस्