Logo

संसद बैठक स्थगित् अर्को बैठक माघ १२ गते बस्ने



काठमाडौं, ६ माघ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक बसेर स्थगित् भएको छ । अर्को बैठक माघ १२ गते बस्ने छ । ज्ेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको सोमबारको बैठकमा उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले दिएको राजीनामा पढेर सुनाएका थिए।

त्यसलगत्तै, ठाकुरले अर्को बैठक १२ गते दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्। ठाकुरले सभामुख पदको निर्वाचनको सूचना आजै प्रकाशित गर्न संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई निर्देशन दिएका छन्। सत्तारुढ नेकपाले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको छ।



प्रतिक्रिया दिनुहोस्