Logo

विवाह कहिले र कसरी हुन्छ (ज्योतिषका सुत्रसहित)



ज्योतिषलाई धेरै सोधिने प्रश्न भनेको विवाहको समय हो । विवाहको विषयमा विशेषगरी युवायुवतीको माता पितालाई बढी चिन्ता हुन्छ । आज भन्दा ५०–६० वर्ष अघि बाल विवाहको चलन थियो । उक्त समयमा पण्डितले सरल तरिकाबाट काम गर्ने गरेका थिए । कुन्डलीको सप्तम भावमा राशीको संख्यामा जोड्दा विवाह हुने वर्ष देखिन्थ्यो ।

पहिला कम्तिमा आयु नौ वर्षमा तुला लग्न आएमा विवाह २० वर्षमा हुने गथ्र्यो । तर अहिले समय बदलिएको छ । अहिले विवाह हुने अवस्था (१८–२८ वर्ष) जब शनि र वृहस्पति दुइटै सप्तम भाव र लग्न गोचरवश यीनको भावमा आएमा उक्त अवधीमा अवश्य विवाह हुन्छ ।

सप्तमेशकी दशा–अन्तरदशा विवाहको लागी सबैभन्दा अनुकुल रहन्छ । शुक्र र बृहस्पतिको दशा–अन्तरदशाले विवाहको लागि निकै सुख प्रदान गर्छ । मांगलिक युवा युवतीको लग्नमा शनि भएमा विवाह ढिलो हुन सक्छ । यस्तो अवस्थामा केटी २७–२८ वषर््ासम्म कुमारी रहन सक्छिन् । यीनीहरुको पहिलो प्रेम वा विवाह छुट्न सक्छ ।

सप्तम भाव स्थित भएको ग्रह दशामा, सप्तम भाव हेर्ने ग्रह का दशा– अन्तरदशा भएमा विवाह हुने देखिन्छ । शनिको साढे साती विवाहको लागी बाधक हुदैन । साढे सातीमा धेरै विवाह हुने गर्छ ।

लग्नेश र सप्तमेशको स्फुट (रशी–अंश कला ) को जोड दिएमा राशी–अंश प्राप्त हुने गर्छ । राशी–अंशमा गोचरको बृहस्पति आएमा विवाह हुन्छ । जब लग्नेश गोचरानुसार सप्तम भावस्थ राशीमा आउँछ तब पनि विवाह हुन्छ । गोचरका शुक्र वा सप्तमेश लग्नेशको राशी वा लगनेशको नवांशबाट त्रिकोणमा जान्छ तब पनि विवाह हुने गर्छ ।

यदि सबै ठिक हुदाँ पनि विवाह सुनिश्चित नभई बाधा आएमा गोस्वामी तुलसीदासजी को रचित पार्वती मंगल स्तोत्र का संध्या पाठ गर्नु पर्ने हुन्छ । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्