Logo

बच्चामा पनि हुनसक्छ आर्थराइटिस(हाडजोर्नी) समस्या



हाडजोर्नी समस्या केवल बयस्कलाई मात्र हुने समस्या आजसम्म बुझिएको छ । तर बच्चा जन्मिएको एक महिना देखि १६ वर्षसम्मका किशोरहरुमा पनि यसको लक्षण देखा परीसकेको छ । बच्चा र किशोरमा हुने हाडजोर्नीलाई जुवेनाइल आइडियोपेथिक आर्थराइटिस (जेआईए) भनिन्छ ।

आइडियोपेथिक शब्दको अर्थ कुनै विशेष स्थितीको अज्ञात कारण । जब बच्चामा इम्युन सिस्टम अज्ञात कारणबाट खराब हुन गई त्यसको परिणाम स्वरुप बच्चा बिरामी पर्छन् । वास्तवमा यसलाई आँटोइमयुन रोग भनिन्छ । यसको मतलब सेतो रगतको सेल्स (ध्द्यऋ० ले शरीरमा निशाना बनाएको हुन्छ ।

जुवेनाइल हाँडजोर्नीको निश्चित कारण नै आजसम्म पत्ता लागेको छैन । यसको कारण जेनेटिक मानिरहेको छ । यस्ता बच्चाहरु कोहीमा पुर्वजबाटै आएको भन्ने पाइएको छ । यसको साथसाथै पोषणको कमि र प्रदुषणका कारण हुन सक्ने जनाइएको छ । आजसम्म विशेषज्ञले पनि पत्ता लगाउन सकेका छैनन् ।

शूरुवाती दिनमा धेरै जाडोमा प्रभाव पार्ने गरेका थियो । तर समयमा नै उपचार नभएमा आँखा, छाला, ह्रदय, छाती, कलेजो मा पनि यस्ले दुस्प्रभाव पार्न सक्छ । जेआईएको प्रभावले बच्चाहरुको हड्डीको विकासमा रोकावट आउने गर्छ । बच्चामा लक्षण देखिएमा तुरुत्न जाँच गरि गम्भीर असरबाट बचाउन सकिन्छ । वयस्क र बच्चामा फरक फरक लक्षण देखिन सक्छ । वयस्कमा लक्षण तुरुन्त देखिन्छ भने बच्चामा अचानक देखिन सक्छ ।

बच्चालाई जोर्नी दुखेको कसरी पत्ता लगाउने
बच्चा बिहान उठेपछि जोर्नीमा दुखाई भएमा
बच्चाको जोर्नीमा बारम्बार दुखाई भएमा
बच्चालाई बारम्बार ज्यरो आएमा
ज्वरोसंगै उसको तौल घटेमा
बच्चाको आँखा दुखेमा, आँखा रातो भएमा
यस्ता लक्षण देखिएमा तुरुन्त पीडियाट्रिक रुमेटोलाँजिस्ट को लैजानु पर्छ ।



प्रतिक्रिया दिनुहोस्