Logo

सभामुखको चुनाव माघ १२ मा (कार्यतालिकासहित)



काठमाडौं, ६ माघ । सभामुखको निर्वाचन १२ माघमा हुने भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुखको चुनावको मिति घोषणा गरिएको हो ।

मंगलबार उम्मेदवारी दर्ताको मिति तोकिएको छ । जेष्ठ सदस्य महन्थ ठाकुरले प्रतिनिधिसभा नियमावली २०७५ नियम २११ के उपनियम २ बमोजिम उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामादिएको पत्र पढेर सुनाएका थिए । त्यसपछि उनले प्रतिनिधिसभा नियमावलीको नियम ७ बमोजिम सभामुखको चुनाव १२ माघमा हुने जानकारी दिदै चुनावी कार्यक्रम सार्वजनिक गर्न संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा लामो समययता संसद बैठक बस्न सकेको थिएन । हिजो अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय लगत्तै संसद आजबाट सुचारु भएको हो ।

नेकपाले अग्निप्रसाद सापकोटालाई र नेपाली काँग्रेसले पुष्पा भुषाललाई उम्मेदवार बनाउने टुंगो लगाएको छ । नेकपाको बहुमत भएकाले सापकोटाको जित सुनिश्चित नै छ ।

यसअघि आजै पत्रकार सम्मेलन गरेर उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा घोषणा गरेकी छिन् । उनले राजीनामा नदिई नेकपाका सांसद सापकोटाले उम्मेदवार दिन मिल्दैन । संविधानमा एउटै दलबाट सभामुख र उपसभामुखको उम्मेदवार हुन नपाउने व्यवस्था छ ।
तालिकासहित
७ माघको विहान ११ देख २ बजेसम्म उम्मेदवारी दर्ता
साँढे २ बजे उम्मेदवारको सूची प्रकाशन
१२ माघको आइतबार ३ बजे सभामुखको चुनाव
माघ १२ मा सभामुखको चुनाव, अग्नि र पुष्पाबीच प्रतिष्पर्धा



प्रतिक्रिया दिनुहोस्