Logo

भाजपा अध्यक्षमा जगत प्रकाश नड्डा निर्वाचित



भारतको सत्तारुढ भारतीय जनता पार्टीको अध्यक्षमा जगत प्रकाश नड्डा नर्वाचित भएका छन् । उनी सोमबार सम्पन्न भाजपा बैठकबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

नड्डाको चयनसँगै अब अमित शाहबाट अध्यक्ष रहेनन् । गत वर्ष अमित शाह गृहमन्त्री भएपछि नड्डालाई कार्यवाहक अध्यक्ष बनाइएको थियो ।
विद्यार्थी राजनीतिबाट आएका नड्डा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा स्वास्थ्यमन्त्री थिए । उनी मोदी र अमित शाहका निकटष्थ मानिन्छन् । उनी हिमाञ्चल प्रदेशका स्थायी बासिन्दा हुन् ।

जेष्ठ सदस्य महन्थ ठाकुरले प्रतिनिधिसभा नियमावली २०७५ नियम २११ के उपनियम २ बमोजिम उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामादिएको पत्र पढेर सुनाएका थिए । त्यसपछि उनले प्रतिनिधिसभा नियमावलीको नियम ७ बमोजिम सभामुखको चुनाव १२ माघमा हुने जानकारी दिदै चुनावी कार्यक्रम सार्वजनिक गर्न संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिए ।- एजेन्सी



प्रतिक्रिया दिनुहोस्