Logo

निर्भया बलात्कार हुँदा नाबालिग पवन गुप्ताले पनि फाँसीको सजाय पाउने



निर्भया बलात्कारमा संलग्न चारजना दोषी ठहर भएसँगै भारतको अदालतले फाँसीको सजाय र मिति तोकिसकेको छ । १ फेब्रुअरीमा फाँसीको सजाय पाउने सूचीमा पवन गुप्ता पनि छन् । उनी अहिल २४ वर्ष पुगे ।

सन् २०१२ को डिसेम्बरमा बलात्कार हुँदा पवन १६ वर्षका थिए । तर, अदालतले उनलाई पनि फाँसीकोे सजाय तोकिसकेको छ । गुप्ताले आफू घटनाहुँदा नाबालिक रहेको भन्दै निवेदन दिएपनि अदालतले फाँसीको सजायबाट यताउता नहुने फैसला गरेको छ । सोमबार भारतको सर्वोच्च अदालतमा पवन गुप्ताको पुनरावेदनको निवेदन अस्वीकृत भएको छ ।

अब गुप्तासँगै अन्य तीनजनालाई फाँसी दिइनेछ । घटनामा संलग्न एकजनाले जेलमै आत्महत्या गरिसकेका छन् ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्