Logo

लिभरपुललाई कसैले रोक्न नसक्ने



काठमाडौं, माघ ७ । बलियो म्यानचेस्टर युनाइटेडलाई स्तब्ध बनाएपछि लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले ३० वर्षपछि प्रिमियर लिगको पहिलो उपाधिको सपना समर्थकले देख्ने अवस्था बनिसकेको स्वीकार गरेका छन्।

घरेलु मैदान एनफिल्डमा युनाइटेडलाई २–० ले पराजित गरेसँगै शीर्ष स्थानको लिभरपुलले दोस्रो स्थानको टोलीसँग १६ अंकको अग्रता बनाएपछि क्लोपले आफ्ना समर्थकले ३० वर्षपछि उपाधिको सपना देख्न थालेको बताएका हुन्।

भर्जिल भान डायकको गोलबाट सुरुआतमै अग्रता बनाएको लिभरपुलले इन्जुरी समयमा दोस्रो गोल गरेपछि मात्र जित सुनिश्चित गरेको थियो। काउन्टर अट्याकमार्पmत मोहम्मद सालाहले दोस्रो गोल गरेपछि लिभरपुल लिगमा लगातार १३ जित आत्मसात् गर्न सफल भयो।

गत अक्टोबरमा म्यानचेस्टर युनाइटेडसँगै १–१ को बराबरीमा रोकिएयता लिभरपुलको विजययात्रा जारी रहेको छ। गोलकिपर एलिसन बेकरको उत्कृष्ट पास सदुपयोग गर्दै सालाहले जित सुनिश्चित गरेपछि लिभरपुलका समर्थकले ‘वी आर गोइङ टु विन दी लिग’ भन्दै एकसाथ खुसी मनाएका थिए। प्रशिक्षक क्लोप भने त्यस किसिमको खुसीमा सामेल नभए पनि सालाहको गोलबाट राहत महसुस गर्दै बिहीबार वुल्भ्सविरुद्धको खेलमा ध्यान केन्द्रित गरे।

सुरुआतमा युनाइटेडले लिभरपुललाई यस सिजनको पहिलो हार चखाउन सक्ने अवसर सिर्जना गरे पनि सफल हुन सकेन। यद्यपि, खेलको १४औं मिनेटमै लिभरपुलले गोल गर्दै ओले गनर सोल्सजायरको योजना सफल हुन दिएन। ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको कर्नर पासलाई हेडमार्पmत भान डायकले गोलमा परिणत गरेपछि युनाइटेडको आक्रमण केही सुस्ताएको थियोर्।एजेन्सी



प्रतिक्रिया दिनुहोस्