Logo

‘गीत बजाउँदैमा सवारी दुर्घटना हुन्न’



काठमाडौं, ७ माघ । यातायात व्यवस्था विभागले दुर्घटनाको कारक मान्दै केही साताअघि सार्वजनिक सवारी साधनको क्याबिनमा गीत–संगीत बजाउने उपकरण नराख्न निर्देशन दिएलगत्तै सामाजिक सञ्जालमा विभिन्न टिकाटिपण्णी भइरहेको छ।

गायिका पूर्णकला बिसी सवारी साधनमा गीत–संगीत बजाएकाले दुर्घटना भन्नु तर्कसंगत नहुने बताउँछिन्। ‘सार्वजनिक सवारी साधनमा गीत–संगीत बजेको कारण दुर्घटना बढ्यो भन्नु गलत हो,’ उनले भनिन्, ‘गीत–संगीतले यात्रु र चालकलाई मनोरञ्जन दिन्छ। तर गीत बजाउँदा सर्तकता भने अपनाउनुपर्छ।’ लोक दोहोरी गायक बद्री पंगेनीका अनुसार सार्वजनिकमात्र नभएर सबै प्रकारको सवारी चलाउने चालकभन्दा पर गीत–संगीत बजाउने उपकरण राखिनुपर्ने तर्क गर्छन्। कारण, हाल लागू गरिएको नियम सार्वजनिक सवारी साधनका निम्तिमात्र भएकाले विभिन्न आशंका गर्न सकिने उनी बताउँछन्। ‘सबै प्रकारका सवारी चलाउँदा चालक गम्भीर हुनु आवश्यक रहेको छ। सवारी साधनमा गीत–संगीत बजाउन नपाइने भन्ने हुन्न्। गीत–संगीतलाई दुर्घटनाको कारक मान्नु गलत हो,’ उनले भने।

सार्वजनिक सवारी साधनमा गीत–संगीतलाई दुर्घटनाको कारक मान्दै यातायात व्यवस्था विभागले सार्वजनिक सूचनामार्फत क्याबिनमा गीत–संगीत बजाउने उपकरण नराख्न निर्देशन दिएको थियो।
यातायात विभागले लागू गरेको निर्देशनप्रति आम नागरिकको बुझाई गलत भएको उनीहरू बताउँछन्। यसअघि विभागले गरेको अनुसन्धानमा सवारी चलाउँदै चालकले गीत–संगीत बजाउँदा दुर्घटनाको सम्भावना देखिएको कुरा संगीतकर्मीहरुलाई पनि जानकारी गराएको संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष महेश खड्का बताउँछन्। ‘विभागको निर्देशन अनुसार सवारीको क्याबिनमा गीत–संगीत बजाउने उपकरण नराख्नु भन्ने थियो।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्