Logo

ओली-मोदीले इन्टिग्रेटेड चेक पोस्ट उद्घाटन गर्दै



काठमाडौं, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगर-जोगवनीमा रहेको इन्टिग्रेटेड चेकपोष्ट संयुक्त रुपमा उद्घाटन गर्दैछन् । आज भिडियो कन्फरेन्समार्फत् चेकपोष्ट उद्घाटन गर्न लागेका हुन् ।

नेपाली समय अनुसार सवा ११ बजे आइसीपीको संयुक्त उद्घाटन हुनेछ । भारतीय प्रधानमन्त्री मोदीले सोमबार नै आइसीपीको संयुक्त उद्घाटन हुने जानकारी ट्वीटमार्फत् गरेका हुन् । यो नेपाल भारतबीच दोस्रो संयुक्त चेकपोष्ट हो । यसअघि वीरगञ्ज रक्सौलमा आइसीपी निर्माण भई संचालनमा आइसकेको छ ।

आइसीपी संचालनमा आएपछि दुवै देशको आयात निर्यातमा सहजता आउने विश्वास लिइएको छ । –File Photo



प्रतिक्रिया दिनुहोस्