Logo

ओली-मोदीले भूकम्पपीडितका ४५ हजार घर निर्माण अवलोकन गर्ने



काठमाडौं, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पपीडितको घर निर्माण संयुक्त रुपमा अवलोकन गर्ने कार्यक्रम रहेको छ । दुवै देशका प्रधानमन्त्रीले भारतीय सहयोगमा निर्माण भएका भूकम्पपीडितका घर निर्माण भिडियो मार्फत् अवलोकन गर्ने जनाइएको छ ।

भारतीय प्रधानमन्त्रीको कार्यालयले सोमबार साँझ ट्वीटमार्फत् भूकम्प पछि भारतीय सहयोगमा बनेका घर निर्माणको दुवै देशका प्रधानमन्त्रीले अवलोकन गर्ने जानकारी गराएको छ । भारतीय सहयोगमा ५० हजार घर निर्माणको परियोजना रहेकोमा ४५ हजार निर्माण सम्पन्न भइसकेको छ । भारतले गोरखा र नुवाकोटमा भूकम्पपीडितको घर निर्माणमा सहयोग प्रदान गरेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्