Logo

रिसोर्टमा बास बसेका ८ भारतीय पर्यटक बेहोस, काठमाडौं ल्याउने तयारी



काठमाडौं, माघ ७ । रिसोर्टमा बास बसेका आठ जना भारतीय पर्यटक बेहोस भेटिएका छन् । मकवानपुरस्थित थाहा नगरपालिकाको सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा सोमबार राती बास बसेका उनीहरु सबै बेहोस भेटिएका हुन ।

दुई कोठा लिएर बसेका उनीहरु आज बिहान बेहोस अवस्थामा फेला परेका हुन् । बेहोस भएका मध्ये चार पुरुष र चार जना महिला रहेको प्रहरीले बताएको छ । राती निकै चिसो बढेको र खाना खायर कोठमा ग्यास हिटर बालेर सुतेका उनीहरु सबै बेहोस भएका प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको अनुमान रहेको छ ।

बेहोस सबैलाई उपचारकालागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्