Logo

अग्निको प्रस्तावक सुवास, समर्थकमा राजपा नेता कर्ण



काठमाडौं, ७ माघ । अग्नि सापकोटा संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभामुखको उम्मेदवारी दर्ताका लागि पुग्दा पर्व सभामुखहरु सुवासचन्द्र नेम्वाङ र ओनसरी घर्तीमगर पनि पुगेका थिए । नेकपा सचेतक देव गुरुङ र राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्ण पनि थिए ।

उम्मेदारी दर्ताका बखत नेम्वाङ सापकोटाको सभामुख प्रस्तावक बने । ओनसरी, देव गुरुङ र लक्ष्मणलाल कर्ण समर्थक बने । नेम्वाङ सभामुखका मुख्य दाबेदार भएपनि अन्तमा सापकोटाले बाजी मारेका थिए । देव गुरुङ पनि सभामुखका दाबेदार थिए । तर, सबैजना उनको समर्थनमा देखिए ।

सबैभन्दा रोचक राष्ट्रिय जनता पार्टी सापकोटाको समर्थक बन्यो । कर्ण सापकोटाको समर्थक बन्नुलाई अर्थपूर्ण मानिएको छ । राजपा पछिल्लो समयमा सरकारमा जाने चर्चा चलिरहेको छ । राष्ट्रियसभा निर्वाचनमा नेकपा र राजपाबीच प्रदेश २ मा गठबन्धन बनेको ।

सापकोटाले उम्मेदवारी दिएपछि नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय आयो । काँग्रेसले उपसभामुखमा सहमति गरेको चर्चा चलिरहेको छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उपसभामुख काँग्रेसले पाउने भित्री सहमतिको खुलासा गरेका छन् ।

Photo By : Mukund Kalikote/Reportersnepal



प्रतिक्रिया दिनुहोस्