Logo

मनिषालाई भेट्दा माधुरीले सम्झिइन् विगत



काठमाडौं, ७ माघ । बलिउड नायिका माधुरी दिक्षितले मनिषा कोइरालालाई भेट्दा निकै खुशी व्यक्त गरेकी छिन् । सोनी टेलिभिजनको उमंग २०२० कार्यक्रममा यी दुई नायिकाको आइतबार भेट भएको हो ।

बलिउड स्टारहरु प्रत्येक वर्ष सहभागी हुने विशेष कार्यक्रम उमंग २०२० मा माधुरीले मनिषासँग रमाइलो भेट भएको भन्दै ट्वीट गरेकी छिन् । उनले लज्जा चलचित्रको याद पनि गरेकी छिन् । लज्जामा माधुरी र मनिषा कोइरालाको भूमिका छ । जवाफमा मनिषाले माधुरीलाई भेट्दा खुशी भएको ट्वीट गरेकी छिन् ।

पछिल्लो समय माधुरी झनै सक्रिय छिन् । मनिषा चाहिं क्यान्सरको संक्रमणपछि चलचित्र क्षेत्रमा कमैमात्र सक्रिय छिन् ।



प्रतिक्रिया दिनुहोस्