Logo

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त



काठमाडौँ, ७ माघ : नेपाली काँग्रेसले पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीका भाइ अरुण बुढाथोकीको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी झापा मेचीनगर निवासी बुढाथोकी निधनप्रति दुःख व्यक्त गरेका हुन् । एकसठ्ठी वर्षीय बुढाथोकीको यही माघ ५ गते झापामा निधन भएको थियो ।

पार्टीका पूर्व क्षेत्रीय प्रतिनिधि रहेका बुढाथोकीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री देउवाले बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले स्वर्गीय बुढाथोकीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।रासस



प्रतिक्रिया दिनुहोस्