Logo

पितृ पक्ष पुर्वजको स्मरणको दिन



सनातन पात्रोको सातौ महिना असोज महिनाको कृष्ण पक्ष पितृ प्रति सर्मपित हुने गर्छ । सनातन धर्ममा पितृहरुलाई धेरै मान्यता दिने गरको छ । उक्त पितृ दिनमा पितृहरु धरतीमा आफ्ना सन्तानले आफुलाई श्राद्ध गर्ने आशाले आउने विश्वास रहेको छ । पितृहरुको ऋण चुकाउने अवसर पनि यसलाई मानिएको छ । पितृको ऋण कसैलेपनि चुकाउन नसक्ने भएकोले यो समयमा ऋण चुकाउने अवसर भएको पनि जनाएका छन् । आफ्नो पितृका कारण हामी धरतीमा आएको हो । यस दिनमा मानिसहरु पुर्वजको मृत्यु तिथि अनुसार श्राद्ध गर्ने गरेका छन् । श्राद्ध शब्द श्रद्धा बाट बनेको छ । हाम्रो धर्म ग्रन्थमा भनिएको छ ।

पितृ पक्षमा आफ्नो पितृलाई श्राद्ध गरेमा उनको आत्मा प्रसन्न र तृप्त हुने बताइएको छ । श्राद्ध गर्दा वर्षभरी प्रसन्न भई आर्शीबाद दिने गर्छन । पितृ पक्षमा श्राद्धको महिमा शास्त्रोमा धेरै बताइएको छ । पितृलाई पिण्ड दान गर्नेको गृहस्थ दीर्घायु, पुत्र, यश, कीर्ति, पुष्टि, लक्ष्मी,पशु धन, सुख, धन धान्य प्राप्त हुने विश्वास गरिन्छ । पितृको कृपाले मात्र समृद्धि, सौभाग्य र मोक्ष मिल्ने पनि बताइन्छ ।

पहिला ऋषिहरुले पितृ लोकलाई अति उज्जवल र अमृतमय आकाशको रुपमा देख्ने गर्थे । त्यहाँ पितृहरु आनन्द र उल्लाससंगै बसिरहेका हुन्थे । नचिकेताले शरीरमा पितृलोकको यात्रा गर्ने धर्मग्रन्थमा वर्णन गरिएको छ । देवताहरु पाउनको लागी पितृको स्मरण गर्नुपर्ने शास्त्रमा भनिएको छ । धार्मिक कार्य, अनुष्ठान, मुन्डन, विवाह र अन्य शुभ कार्यको अवसरमा आफ्ना पिता, हजुरबुवा, र गोत्रका नाम लिएर सकल्प गरिन्छ । शुभ कार्यमा गरिने श्राद्धलाई नांदी श्राद्ध भनिन्छ ।

गोत्र शब्द गातबाट बनेको हो । हाम्रो पुर्वजले हामीलाई शरीर दिएका छन् र कुलका गोत्र पनि उनीहरुबाट नै चलेको छ । गोत्रको माध्यमबाट पनि पितृको स्मरण गरिन्छ । ऋगवेदकोे दश मंडलमा एक पितृ भजन हो । भजनले पितृलाई आह्रवान गर्ने बताइन्छ ।
आल वेदमा श्राद्ध नगरी पितृका उपासनाको वारेमा विस्तारै उल्लेख गरिएको छ । पितृप्रति गरिने श्रद्धालाई पितृ यज्ञ भनिन्छ । पितृ पक्षमा आफ्ना पितृ प्रति सम्मान देखाउनेहरु अहिले कम छैनन । तर धेरै मानिसहरु आफ्नो कुल को परम्पराको पालना गर्ने भएकाले सनातन धर्मालम्बी गृहस्थले आफ्नो पितृका श्राद्ध पुण्य तिथि अनुसार गर्ने गरेका छन् । श्राद्धको दिन पिन्डदान, तर्पण,दान र ब्राह्मण भोज गरिन्छ ।

पितृभोजमा कस्ता प्रकारका ब्राह्मणलाई बोलाउनु पर्छ त ?
सम्पुर्ण लक्षण सम्पन्न, बिद्याशील एंव सद्गुणी र तेश्रो जेनेरेशनको ब्राह्मणलाई श्राद्धमा भोजनको लागी बोलाउनु पर्छ । देवकार्यमा ब्राह्मणको गुण र कुल हेर्नु आवश्यक रहेका बताइएको छ ।
श्राद्धमा पुत्रीका पुत्र, भान्जा लार्य निकै पवित्र मानिन्छ । श्राद्धमा क्रोध देखाउन, हतार गर्नु, श्राद्ध पछि यात्रा गर्नु र रात्री भोजन गर्नु वर्जित गरिएको छ ।
श्राद्धमा पकाएका भोजनको पंचवली निकालिएको हुन्छ ।श्राद्धमा हातमा जल लिएर आफ्ना पितृ प्रति संकल्प गरिन्छ ।पंचवलिमा गाई, काग, हाँस, देव र कमिला राखिएको हुन्छ ।पंचवलि पछि थालमा भएको भोजन दाहिने हातको औठीले स्पर्श गर्नुपर्ने बताइएको छ । ब्राम्हणको भोजनको लागी संकल्प गर्नुपर्छ । ब्राह्मणलाई भोजन गराएपछि फल, कपडा र दक्षिणा दिएर बिदा गरेपछि सबै परिवारले भोजन गर्नुपर्छ ।
पन्ध्र दिनसम्म पितृले धरतीमा उत्सव मनाउने गर्छन । पुण्यतिथिको अतिरिक्त असोज महिनाको पुर्णिमामा श्राद्ध गर्ने परम्परा रहेको छ । यो श्राद्धमा अन्न र जल पितृले प्राप्त गर्ने गरका छन् । जसका सन्तानले पितृ पक्षमा श्राद्ध गर्दैनन उनीहरुलाई पितृले सराप दिने विश्वास रहेको छ ।



प्रतिक्रिया दिनुहोस्