Logo

क्यान्सर पीडित पाण्डेलाई उपचारका लागि २ लाख ४७ हजार सहयोग प्रदान



काठमाडौँ, ७ माघ । भोजपर घर भई हाल काठमाडौँमा बस्दै आएका ब्लड क्यान्सरबाट पीडित १९ वर्षीया नवीन पाण्डेको उपचारको लागि एभरेष्ट सर्पोट नेपालले दुई लाख ४७ हजार ८ सय ३४ रुपैयाँ सहयोग रकम प्रदान गरेको छ ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप कुमार थापाको प्रमुख आतित्थ्यतामा उक्त संस्थाले नविनका माता–पिता यशोदा पाण्डे र हरि बहादुर पाण्डेलाई उक्त रकम हस्तान्तरण गरेको हो।

रिपोर्टर्स क्लब नेपालमा आयोजित रकम हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासंघका उपाध्यक्ष थापाले नविन पाण्डेको शीघ्र लाभको कामना गर्दै सहयोगी मनहरुलाई उपचारमा थप सहयोग गरिदिन आग्रह गरेका छन्। उनले भने,‘म व्यक्तिगत र संस्थाको तर्फबाट नविनजीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। साथै स्वदेश तथा विदेशमा रहनुभएका सहयोगी मनहरुलाई नविन बचाउ अभियानमा जोडिन पनि विशेष अनुरोध गर्दछु।’

कार्यक्रममा एभरेष्ट सर्पोट नेपालका तर्फबाट कार्यक्रमकी संयोजक यमुना श्रेष्ठले ‘नविन बचाउ अभियान’ मा जोडिएर आफूहरुले उक्त रकम संकलन गरेको र आज हस्तान्तरण गरेको सुनाईन् ।

उनले भनिन्,‘नविन बाबुको उपचारको लागि हामीले यत्ति सहयोग गर्न सकेका छौं। आज हाामीले यहाँ आएर कार्यक्रम गर्नुको कारण नविन बाबुको उपचारमा थप सहयोग जुटोस् भन्नै हो । हाम्रो उद्देश्य दुःखमा परेका नेपाली दाजुभाई तथा दिदीबहिनीको दुःख र पीडामा सकेको साथ दिने हो। नविनको नयाँ जीवनको लागि सम्पूर्णलाई सहयोग गर्न पनि म यसै कार्यक्रममार्फत अनुरोध गर्दछु।’

कार्यक्रममा पीडित नविनका बुबा हरि बहादुर पाण्डेले सहयोगको अपिल गरेका छन्। उनले भने,‘मेरो छोरा नविनलाई पुर्नजीवन दिनका लागि स्वदेश तथा विदेशमा रहनुभएका ठूलो हृदय भएका महानुभावहरुलाई सनराइज बैंकमा रहेको खाता नम्बर ०२२०४६७५००२०५०० मा सहयोग रकम जम्मा गर्न अनुरो गर्दछु ।’

उनले थप सम्पर्कका लागि ९८०३६८८३९३ मा सम्पर्क गर्नसकिनेपनि जनाए । उनले एभरेष्ट सर्पोट नेपाल र सम्पूर्ण सदस्यलाई आफ्नो छोराको पूर्नजीवनका लागि सहयोग र अमूल्य साथको लागि धेरै–धेरै धन्यवाद पनि दिएका थिए । उनले आगामी दिनमा पनि यस्तै साथ, सहयोग र हौसलाको अपेक्षा राखेको सुनाए । कार्यक्रममा एभरेष्ट सर्पोट नेपालका तर्फबाट रिमा सुब्बा, मोहन कुमार श्रेष्ठ, र कृपाराज भण्डारीलगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्