Logo

धादिङ ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ ,३२ जना घाइते



काठमाडौँ ७ माघ  : धादिङमा भएकाे ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । दुर्घटनामा ३२ जना  समेत घाइते भएको जनाइएको छ।

ढोलामण्डलीको दर्शन गरेर फर्किँदै गरेका यात्रु बाेकेकाे ट्रक दुर्घटना भएकाे थियाे । घाइते भएकामध्ये केहीको धादिङ जिल्ला अस्पतालमा उपचार भैरहेको छ भने, केहीलाई हेलिकप्टर मार्फत काठमाण्डौ ल्याउने तयारी भइरहेकाे जनाइएको छ ।

ज्वालामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किँदै गरेको ट्रक निलकण्ठ नगरपालिका-८, मैलीभञ्ज्याङ ससाह ज्यामिरेमा सडकमै पल्टिएको हो। ट्रकमा ४० यात्रु रहेको अनुमान गरिएको छ। ट्रकका चालक गम्भीर घाइते भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्