Logo

प्रहरी हवल्दारमाथी अख्तियारको मुद्धा



काठमाडौ, ७ पौष । अख्तियार दुशरपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी सहायक हवल्दार बिरेन्द्रप्रसाद चौधरी माथी मुद्धा दायर गरेको छ ।

रुपन्देही स्थित, विष्णुपुरा सशस्त्र प्रहरी बेसक्याम्पमा कार्यरत चौधरीउपर छ हजार घुस लिएको अभियोगमा अख्तियारले आरोपपत्र दायर गरको हो ।

चौधरीले घरायसी मालसामान ओसारपसारमा सहजीकरण गरिदिने भनी बिभिन्न बहाना बनाई सेवाग्राहीसँग छ हजार घुस लिएको भन्ने उजुरीको आधारमा अख्तियारको वुटवलबाट खटिई गएको टोलीले रकमसहित नियन्त्रणमा लिएको थियो ।

उनलाई कैद सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन ।



प्रतिक्रिया दिनुहोस्