Logo

उपसभामुख राजपाले पाउने सम्भावना छ- लक्ष्मणलाल कर्ण



काठमाडौं, ७ माघ । राष्ट्रिय जनता पार्टीका नेता तथा सांसद लक्ष्मणलाल कर्ण कानुनका जानकार पनि हुन् । उनले राजपाले उपसभामुख पाउने अवस्था भएको बताएका छन् । कर्णसँग ऋषि धमलाले गरेको कुराकानीः
तपाईंहरुको दाबी उपसभामुखमा हो कि होइन ?
नेकपाले उपसभामुख हामीेलाई दिने सम्भावना भयो भने मात्रै नोमिनेसन गर्दछौं ।
दिने सम्भावना कति छ ?
सम्भावना छ नि किन नहुनु ।
त्यसकोबारेमा प्रधानमन्त्रीसँग कुरा भएको छ ?
अहिलसेम्म कुनै कुराकानी भएको छैन, यसबारेमा ।
तपाईंहरुको दाबी त छ होइन ?
दाबी त कुरा भइसकेपछि मात्रै गर्छौं, त्यसै किन गर्ने ।
तपाईंहरुको सहमति भएको थियो, राष्ट्रियसभाको पर्सी निर्वाचन नै हुँदैछ नि ?
राष्ट्रियसभाको निर्वाचन त दुवै पार्टी मिलेरै गर्दैछौं ।
उपसभामुखको लागि सत्तापक्षसँग कुरा गरेर मात्रै उम्मेदवारी दिनुहुन्छ ?
विलकुल त्यही हो । नेकपाका शीर्ष नेताहरुसँग कुरा गरेर मात्रै हो ।
सभामुखमा कसलाई समर्थन हुन्छ ?
सभामुखमा हाम्रो उम्मेदवारै हुँदैन भने जो उम्मेदवार छ, त्यसैलाई समर्थन हुन्छ ।
त्यसोभए अग्निप्रसाद सापकोटालाई मतदान गर्नुहुन्छ ?
चुनाव हुँदा उहाँलाई गर्छौं, निर्विरोध भयो मतदानै गर्नुपरेन ।
तपाईंहरुले उहाँलाई सभामुख किन बनाउने ?
हामीले बनाएपनि नबनाए पनि उहाँ बन्नुहुन्छ अब गर्नुहुन्छ के ?
कसैले नचाहेर पनि बन्नुहुन्छ तर प्रतिपक्ष दलहरुको मसर्थन उहाँमै हो ?
अहिलेसम्म त्यस्तै देखिइरहेको छ । उम्मेवार दिने भनेको एउटा कांग्रेसको मात्रै हो ।
त्यसोभए उहाँ निर्विरोध सभामुख हो ?
त्यस्तै सम्भावना बढी छ ।
सभामुखमा अग्निप्रसाद सापकोटा उपयुक्त व्यक्ति हो ?
सभामुख एउटा महत्वपूर्ण पद हो । राज्यका तीनवटामध्ये एउटा संसद् हो । त्यसको प्रमुख हुनु जिम्मेवार पद हो । त्यहाँ बस्दा कुनै पनि सभामुखको प्रचुनौति भनेको संसद्मा भएका सबै पार्टीहरुलाई मिलाएर अगाडि बढाउनु चुनौतिपूर्ण हो । त्यो ब्यालेन्स मिलाउन सकेनन् भने संसद्मा विभिन्न अप्ठ्याराको समाना गर्नुपर्ने हुन्छ ।
सभामुखको उम्मेदवार भइरहँदा अग्निप्रसाद कस्ता व्यक्ति हूनुहुन्छ ?
उहाँको जीवनी त कुन पार्टीबाट आउनुभयो, आदि स्टोरी त त्यहीबाट थाहा हुन्छ । उहाँ पूर्व माओवादी पार्टीको हो । जुन पार्टी यो मुलुकमा हतियारको राजनीति गरेका थिए । प्रहरी, प्रशासनमाथि हतियार उठाइएको थियो । राज्य विरुद्ध हतियार उठाइएको थियो । दश वर्षे जनयुद्धकालका कुराबाट थाहा हुन्छ । उहाँले त्यो बेलामा के के गर्नुभयो । पछि मुलुकमा शान्ति आवश्यक थियो । त्यसको लागि १२ बुँदे सम्भाmौता भयो । त्यसमा टेकेर उहाँहरु संसद्मा आउनुभयो । हुँदाहुँदा उहाँ कति पटक त मन्त्री पनि बन्नुभयो । अब सभामुख पनि बन्दै हुनुहुन्छ ।
शिवमायाले राजसंस्थाभन्दा बलियो पितृसंस्था रहेछ भन्नुभयो सही हो ?
यो एउटा घटना र एक दिनको लागि बनेको होइन पितृसंत्ता । यो लामो सोच र विचारबाट बनेको सत्ता हो । उहाँले ठिकै भन्नुभएको हो । राज्यको उपसभामुखको कुरा मात्रै होइन । दशैभरिका उपमेयरहरुको कुन अवस्था छ । मेयरहरु सबैजसो पुरुषलाई दियौं, उपमेयरहरु सबैजसो महिलालाई दियौं । त्यसैगरी प्रदेश सभामा पनि उपसभामुखहर जति सबै महिला छन् । यो सबैलाई हेर्दा अहिले पनि हामीहरुकोमा सोचमा परिवर्तन भएको छैन ।
राजपाको कुरा तपाईंहरु सरकारमा जाने सम्भावना कति छ ?
सरकारमा हाम्रो लागि जानै पर्ने वाध्य होइन । सरकारमा जाने हामी जनताको लागि हो । अहिले हामी सरकारमा नगएपनि खुशी छौं । तर हामी सरकारमा जानुपर्ने अवस्थामा उसले हामीमाथि लगाएको मुद्दाहरु फिर्ता लिनुपर्छ । त्यसैगरी संविधानमा जसरी मधेसी जनजाति, दलित, उत्पिडित वर्गको अधिकारलाई कुष्ठित पारिएको छ । त्यसको संसोधन हुन्छ भने मात्रै हामी सरकारमा जान्छौं । मधेशीमाथि राज्यले लगाएका मुद्दाहरु फिर्ता नहुँदासम्म हाम्रो सरकारमा संलग्नता हुँदैन ।-File Photo



प्रतिक्रिया दिनुहोस्