Logo

सुनिल थापा कांग्रेस प्रवेशको तयारीमा !



काठमाडौं, ७ माघ । राप्रपा (संयुक्त) का महामन्त्री तथा पूर्वमन्त्री सुनिल बहादुर थापासहितका एक दर्जन प्रभावशाली नेताहरुले नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी गरेका छन् । पार्टी प्रवेशका लागि नेता थापासँग कांग्रेस सभापति शेरबहादुर देउवा आफैंले चरणवद्ध छलफल गरेको स्रोतको दाबी छ ।

थापाले देउवासँग आफूलाई महामन्त्री दिन आग्रह गरेका छन् । देउवापनि उनलाई महामन्त्री बनाउन तयार रहेको बुझिएको छ । तर, बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले कुनैपनि हालतमा महामन्त्री दिन नहुने अडान राखेको छ ।

थापा सुर्य बहादुर थापाका छोरा हुन् । उनी सुरुदेखि नै गणतन्त्रवादी नेताको रुपमा चिनिएका छन् । राप्रपा (संयुक्त) पछिल्लो समय हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा उभिएपछि थापा रुष्ट बनेका थिए ।

उनले पार्टीभित्र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्ने आवाज उठाउँदै आएका छन् । तर, उनको आवाजको कुनै सुनुवाई नहुने भएपछि उनी कांग्रेस प्रवेशको तयारीमा जुटेका हुन् । थापाले यसअघि आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्