Logo

ए डिभिजन : कसैलाई उपाधीको लोभ कसैलाई उत्कृष्ठ ६ पर्न धौ धौ



माघ ७, काठमाण्डौ । शहिद स्मारक ए डिभिजन लिगका सातौ चरणको खेल सकिएका छन् । सातौ चरणको खेल सकिदा शीर्ष स्थानको त्रिभुवन आर्मीले ३ अंकको स्पष्ट अग्रता लिएको छ । केही क्लब उपाधीका लागि त केही राष्ट्रिय लिग खेल्न उत्कृष्ठ ६ भित्र पर्ने प्रयासमा छन् ।

सातौ चरणको पहिलो खेलमै उपाधि दाबेदार मछिन्द्रले स्तब्धपूर्ण नतिजा आत्मसाथ गर्यो । उसलाई कमजोर मानिएको हिमायनल शेर्पा क्लबले पराजित गर्यो । आर्मी सोही दिन शीर्ष स्थानमा उक्लिएको थियो । उपाधिका दोबेदार मनाङ र थ्री स्टारले २–२ गोलको बराबरी खेल्दा अन्तिम दिन च्यासलमाथि जित हासिल गर्दै आर्मीले लिगमा स्पष्ट तीन अंकको अग्रता लिएको छ ।

उपाधि होडमा बलियो देखिएको आर्मीले मछिन्द्र, मनाङ मस्र्याङदी, न्यूरोड टिम एनआरटी, थ्री स्टार र नेपाल पुलिसलाई पछाडी पार्यो । लिगको शीर्ष ६ भित्र रहने टिमले राष्ट्रिय लिग खेल्नेछन् । त्यसैले सहभागी टिम शीर्ष ६ भित्र पर्ने लक्ष्य राखेका छन् । तर सातौं चरणको खेल सकिदाँ शीर्ष ६ भित्र रहने टिमले लिगमा उपाधि दाबेदारिता प्रस्तुत गरेका छन् ।

शीर्ष स्थानको आर्मी भन्दा मछिन्द्र र मनाङ मात्र तीन अंकले पछाडी छन् । एनआरटी, थ्री स्टार र पुलिस ५ अंकले तल छन् । तीनै क्लबको समान ११ अंक छ । लिगमा ४९ खेल समाप्त भैसकेको छन् । अर्थात लिग आधा सकिएको छ । अब प्रत्येक टिमले ६ खेल खेल्न बाँकी छ । आर्मी ७ खेलबाट १६ अंक सहित शीर्ष स्थानमा छ ।

समान १३ अंक जोडेका मछिन्द्र र मनाङ गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । एनआरटी, थ्री स्टार, नेपाल पुलिस क्लबको समान ११ अंक रहेको छ । गोल अन्तरका आधारमा एनआरटी चौथो, थ्री स्टार पाचौं र पुलिस छैठौ स्थानमा छन् । संकटा र जावलाखेल समान ९ अंक सहित सातौ र आठौं स्थानमा छन् । ब्रिगेड र फ्रेन्ड्स समान ८ अंक सहित नवौ र दशौ स्थानमा छन् । शेर्पा ७ अंक सहित ११ औ र च्यासल ६ अंक सहित १२ औं स्थान छ ।

एपीएफ ५ अंक सहित १३ औं र पुछारको टिम सरस्वतीले मात्र एक अंक जोडेको छ । लिगमा राष्ट्रिय टिमका पुर्व सदस्य आशिष लामा र सन्तोष साहुखलले सर्वाधिक गोलकर्ताको दौडमा अगाडी छन् । दुवैले ५ गोल गरेका छन् । यस्तै, नेपाल पुलिस क्लबका सुमन लामा र आर्मीका नवयुग श्रेष्ठले समान ४ गोल गरेका छन् । मछिन्द्रका एडेलाजा सोमिडे, मनाङका बिमल राना, फ्रेण्डसका उत्तम राई र एनआरटीका दर्शन गुरुङले सामान ३ गोल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्