Logo

असुरक्षित पेट्रोल पम्प हटाउन सरकार असफल, दुर्घटनाको जोखिम(भिडियोसहित)



माघ ७, काठमाण्डौ । काठमाडौं उपत्यकामा संञ्चालित अधिकाशं पेट्रोल पम्पहरु असुरक्षित छन् । अतिप्रज्वलनशिल पर्दाथ मानिने पेट्रोलपम्पहरु मानव वस्तीको वीच र सडकका छेउछाउमा सञ्चालित भैरहेका छन् । यस्ता पेट्रोल पम्पहरुले जतिबेलापनि भयानक दुर्घटना ननिम्त्याउला भन्न सकिन्न । सरकारले त्यस्ता पम्पहरु सुरक्षित ठाउँमा सार्ने प्रयास गरेको धेरै भयो । तर सफल हुन सकेको छैन् ।

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा बाधा पु¥याउन्े तथा मापदण्ड विपरीत भएका १८ वटा पेट्रोल पम्प हटाइने भएको छ । मुख्य सवारी आवगमन हुने सडक किनारा तथा घना वस्तीमा रहेको पम्पहरु मापदण्ड विपरीत भएकाले हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ट्राफिक प्रहरी महाशाखा र आयल निगमलाई पत्राचार गरेको हो ।

तर उपत्यका लगाएत अन्य ठाउँहरुमा रहेका पेट्रोल पम्पहरुले ति मापदण्डहरु पुरा गरेको पाइदैन । तर निगमका महानिर्देशक सुरेन्द्र कुमार पौडेल भने उपत्याकामा मापदण्ड विपरित कुनै पनि पेट्रोल पम्प सञ्चालन नभएको दावी गर्छन ।

मापदण्ड अनुसार पम्पले एकैपटकमा ८ वटा सवारीमा तेल भर्न मिल्ने गरी व्यवस्था गर्नुपर्नेछ । कम्तीमा ४ वटा पेट्रोल नोजल र ४ वटा डिजेल नोजल हुनुपर्नेछ । न्यूनतम २० वटा साना तथा ठूला गाडी पार्क गर्न मिल्ने ५ सय स्क्वायर मिटरको पार्किङ क्षेत्र हुनुपर्नेछ ।

पम्पमा इलेक्ट्रोनिक्स कार्डबाट समेत खरिद गर्न मिल्ने व्यवथा हुनुपर्नेछ । त्यस्तै पम्पमा भेन्डिङ मेसिन, किराना पसल, न्यूनतम २० जनाले आरामपूर्वक खान मिल्ने रिफ्रेसिङ हाउस, रेष्टुराँ र कफी सप हुनुपर्नेछ । तर ति पम्पहरु व्यवस्थित हुनको साटो त्यस्ता पेट्रोलपम्पहरुलाई सरकारी निकायहरुबाटै संरक्षित हुदै आएको उदाहरण धेरै छन ।

अव्यवस्थित र मानव वस्तीलाई नै असहज हुने गरि सञ्चालनमा रहेका पेट्रोल पम्पलाई नेपाल आयल निगमले नै बढावा दिरहेको समाचार बाहिर नआएको भने होइन । पेट्रोल पम्प नजिकै बसोबास गदै आएका सर्वसाधारण समेत यस्ता असुरक्षित पम्पहरुबाट हुनसक्ने दुर्घटनाको जोखिमले त्रसित हुदै आएका छन ।

तर पेट्रोल पम्पका संचालकहरु भने सरकारले दिएको निर्देशन मान्न तयार देखिदैनन । आफुहरुले मापदण्ड पुरा गरेको दाबी गर्दै सरकारले हचुवाको भरमा गरेको निर्णयले आफ्नो पेसा खोस्न लागीपरेको उल्टो आरोप लगाउनछन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलबाट तत्काल पम्पहरु हटाउन आवश्यक तयारी गर्न नेपाल आयल निगमलाई भनिएको छ । त्यस्तै सहजीकरण गर्न ट्राफिक प्रहरी महाशाखालाई कार्यालयले पत्राचार गरिएको छ । हटाइने प्ट्रोल पम्पमा काठमाडौंका १२ र ललितपुरका ६ वटा पम्पहरु रहेका छन् । काठमाडौंको कंलकी, कोटेश्वर, महाराजगञ्ज, बौद्ध, बालाजु तथा ललितपुरको जाउलाखेल, चापागाउँ लगायतबाट पम्पहरु हट्उन निर्देशन दिएको छ ।

https://www.youtube.com/watch?v=LEJ4unl26FA&feature=youtu.be

कुन कुन पम्प हट्दैछन् ?

काठमाडौंका १२ र ललितपुरका ६ वटा पम्पहरु हट्नु पर्ने मन्त्रिपरिषद् कार्यालयले औंल्याएको छ । काठमाडौंको कंलकी, कोटेश्वर, महाराजगञ्ज, बौद्ध, बालाजु तथा ललितपुरको जाउलाखेल, चापागाउँ लगायतबाट पम्पहरु हट्नेछन् ।

काठमाडौंबाट हट्ने पेट्रोल पम्प सूची :

श्यामा पेट्रोल पम्प, कलंकी

त्रिशुल पेट्रोल पम्प, कलंकी

भ्याली रिकेश पेट्रोल पम्प, कोटेश्वर

कामाख्या पेट्रोल पम्प, कोटेश्वर

जुबी पेट्रोल पम्प, बौद्ध

बराल पेट्रोल पम्प, बौद्ध

सीता पेट्रोल पम्प, महाराजगञ्ज

कनक पेट्रोल पम्प, कालीमाटी

कोत थुकु पेट्रोल पम्प,बालाजु

जयन्ती पेट्रोल पम्प,थापाथली

मायाराम भोलाराम पेट्रोल पम्प,थापाथली

बाबा पेट्रोल पम्प, कलंकी

ललितपुरबाट हटाइने पेट्रोल पम्पहरु :

साझा पेट्रोल पम्प, जाउलाखेल

एच.पी इन्टरनेश्नल, जाउलाखेल

गायत्री पेट्रोल पम्प, जाउलाखेल

बज्रबाराही पेट्रोल पम्प, चापागाउँ

बाकुमारी पेट्रोल पम्प, चापागाउँ

टिका भैरव डिजेल स्टोर, चापागाउँ



प्रतिक्रिया दिनुहोस्