Logo

धादिङ : मिनीट्रक दुर्घटनामा ७ जनाको मृत्यु (नामसहित)



माघ ७, धादिङ । धादिङमा मिनीट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । २५ जना सवार मिनीट्रक दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको धादिङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छ । मृत्यु हुनेहरुमा नीलकण्ठ नगरपालिका–२ भुलभुलेका सेते गुरूङ, प्रेमबहादुर गुरूङ, ध्वजबहादुर गुरूङ, बेलबहादुर गुरूङ, विदुर गुरूङ, तिलकबहादुर गुरूङ र पूर्ण नारायण श्रेष्ठ रहेका छन् ।

निलकण्ठ नगरपालिका वडानम्बर ८ मैदीभञ्जाङमा ग १ ख ८०१२ नम्बरको ट्रक पल्टिएको हो ।

गम्भीर घाइतेहरुको काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । समान्य घाइते भएकाहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्