Logo

आरियाना ग्रान्डेमाथि गीत चोरीको आरोप



हलिउड, माघ ८ । आगामी २७ जनवरीमा ६२औं ग्रामी अवार्ड आयोजना हुँदैछ। अवार्ड आयोजनाको केही दिनपहिले आरियाना ग्रान्डेमाथि गीत चोरीको आरोप लागेको छ। आइतबार जोस स्टोनले आरियानाविरुद्ध मुद्दा दायर गरेका छन्। आरियाना रेकर्ड अफ दी इयरसमेत पाँच विधामा मनोनयनमा परेकी छन्।

जोसका अनुसार आरियानाले उनको गीत ‘यु निड आई गट इट’ के बोल चोरेकी हुन्। यो विवाद आरियानाको गीत ७ रिंग्सको कारण भएको हो। अंग्रेजी वेभसाइटका अनुसार २०१७ मा यो गीत आरियानाका निर्माता टमी ब्राउनसमेत धेरै व्यक्तिसँग गएकी थिइन्। टमीले उनका गीतबाट धेरै बोल ७ रिंग्समा राखे।

रिपोर्टअनुसार मुद्दा न्युयोर्कस्थित फेडरल कोर्टमा दर्ता गरिएको हो। आरियानाबाहेक अन्य व्यक्तिको नाम पनि यो केसमा समावेश छ। आरियानालाई पाँच ग्रामी अवार्डका लागि मनोनीत गरिएको छ। उनी अवार्ड कार्यक्रममा प्रस्तुति पनि दिँदै छिन्। एजेन्सी



प्रतिक्रिया दिनुहोस्