Logo

शर्वेन्द्र खनाल र पुस्कर कार्की घर नजाने सुत्र



काठमाडौं, माघ, ८ । प्रहरी नेतृत्व हेरफेरको दिन जति–जति नजिकिदैछ, उतिउति नयाँ ऐन ल्याउने गरी दौडधुप पनि बाक्लिदै गएको छ । अहिले बहाल रहेकै ब्याचका एआइजी वा डिआइजी नयाँ आइजिपी हुने सर काम अधि बढ्दैछ । संघीय प्रहरी ऐनको अभावमा प्रदेश प्रहरी गठन हुन सकेको छैन् ।

केन्द्रीय प्रहरी नेतृत्वले सुरक्षा निकायलाई छिन्नभिन्न पार्ने गरि कुनै पनि ऐन कानुन स्वीकार्य हनुने बताएपछि नेपाल प्रहरी एने २०६७ को मस्यादा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरिएको छ । त्यसमा प्रहरी महानिरीक्षकको पदावधी तीन बर्ष, अतिरिक्त महानिरीक्षकको चार बर्ष,नायव महानिरीक्षकको पदावधी पाँच बर्ष, वरिष्ठ उपरीक्षकको ६ बर्ष र उपरीक्षकको १० बर्ष पदावधिको व्यवस्था छ ।

उक्त ऐनको मस्यौदामा प्रहरी अवकासको विद्यमान व्यवस्था परिर्वन गरिएके छ । विद्यमान व्यवस्था अनुसार सेवा प्रवेश गरेको ३० बर्षलाई अनिवार्य अवकासको आकार मानिन्छि । तर, नयाँ ऐनमा पदावधि र उमेरमध्ये जुन पहिला आउँछ, त्यस आधारमा अवकास हुनेगरि मिलाइएको छ । यसअधि गृहमन्त्रालयले तयार पारेको प्रहरी ऐन लागू भएको मितिदेखि प्रहरी सेवामा भर्ना हुने कर्मचारीको हकमा ३० बर्षे सेवाहद नलाग्ने उल्लेख थियो ।

तर,त्यस्तो नीति व्यवहारिक नहुने भन्दै असुन्तुष्टि जनाएपछि अहिले नयाँ ऐन अधि बढाइएको हो । मन्त्रीपरिषद्को विद्येयक समितिले नयाँ ऐन स्विकृत गरेसंगै संसद्मा दर्ता हुने र पारित गर्ने प्रक्रियामा लगिने काम हुन्छ । तर, प्रहरीमा माघ २७ गते रिक्त हुने ३० भन्दा बढी उच्चअधिकारीको हकमा के गर्ने भन्नेबारे अहिलेसम्म केहिं टुङगो लागेको छैन्।

यदी यहि ऐन लागू भयो र वाहालवाला नेतृत्वले २७ गते अवकास पाएन भने एआइजी पुस्कर कार्की एक बर्षका लागि आइजिपी हुन्छन भने सर्वेन्द्र खनालले एक बर्ष चलाउने मौका पाउन्छन् । पुस्करले एक बर्ष चलाएपछि फेरी त्यहि ब्याचबाट केदार रिजाल केहि समयकालागि आइजिपी हुन्छन् । केदार उक्त व्याचमा सवैभन्दा कम उमेरका अधिकृत हुन् ।

यसो गर्दा लगत्तै महानिरीक्षकको लाइनमा रहेका ठाकुर ज्ञवालीदेखि शैलेस थापा क्षेत्री, हरिवहादुर पाल,विश्वराज पोखरेलहरुको व्याच सर्लक्कै घर जाने खतरा रहन्छ । तर डीआइजीकोे पदावधि ६ बर्ष कायम भयो भने उनीहरुको रोलक्रम मिचिन पाउँदैन् ।आस्था साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्