Logo

स्वचालित यात्रुवाहक विमान सञ्चालनको परीक्षण



युरोपेली विमान कम्पनि एयरबसले पाइलटविना नै सञ्चालन गर्न सकिने गरी स्वचालित पाइलटबाट यात्रुवाहक विमान सञ्चालनको परीक्षण गरेको छ । फ्रान्समा गरिएको परीक्षणका क्रममा विमान स्वचालित पाइलटबाट साँढे चार घन्टा उडेर सफल रुपमा अवतरण गरेको हो ।

एयरबसका अनुसार ए ३५० १००० विमान आठपटक स्वचालित पाइलटबाट नै उडेको थियो । स्वचालित रुपमा विमान उड्ने र अवतरण गर्ने गर्यो । सफल अवतरणपछि यसलाई व्यवसायिक उडानमा प्रयोगमा ल्याउने तयारी भइरहेको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्