Logo

कानुन मेच्नेलाई पोखरामा काइदा



काठमाडौं, माघ ।पोखरमा अग्ला घर बनाउने होड चलेको छ । मापदण्ड विपरित बनेको एउटा यस्तै होटल उद्घाटन गर्दा उपराष्ट्रिपति नन्द बहादुर पुन विवादमा परे । महानगरका मेयर मानबहादुर जिसी सो कार्यक्रममै गएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनेको उद्घाटन कार्यक्रम अन्तिममा आएर रद्द गरे । २०३३ सालमा तत्कालीन नगरपालिकले तय गरेकोे मापदण्ड अनुसार प्रमुख पर्यटकिय क्षेत्र लेकसाइड र वडा नम्बर १७ छोरेपाटन क्षेत्रमा २४ फिट अग्लो अथवा साढे दुई तलाको घर बनाउन पाइन्थ्यो । पोखरा उपमहानगरपालिका क्षेत्रको अन्य क्षेत्रमा तीन तले घर बनाउन नपाईने मापदण्ड थियो । यस अनुसार पोखराका अधिकांस घर अवैधानिक थिए ।

तीनलाई महानगरले सम्पन्नको प्रमाण पत्र नै दिएको थिएन् । २०७२ सालको महाभूकम्पपछि उपमहानगरपालिकामा अग्ला घर भत्काउन तिब्र दवाब पर्यो । त्यतिबेला एक सय १४ स्थानियले मापदण्डविपरित बनेको द्धरका कारण आपूहरु खतरामा परेको भदै भत्काउन मौखिक उजुरी दिएका थिए ।भूकम्पपछि स्वीकृति नलिई बनेका संरचनालाई ममानगरले तब्बर दुस्तुर लिई अभिलेखीकरण प्रमाणपत्र दिने भएको छ ।

तर, अहिले महानगरले पाँच तलासम्मका भवन बनाउन स्वीकृति दिनेगरि नयाँ कार्यबिधि बनाउन लागेको छ । कार्यबिधि पारित हुनपूर्व नै बनेका पाँच तले भवनले अव वैधानिकता पाउने भएका छन् । महानगरका अनुसार २०७१ अभि पोखरामा ६० हजार घर थिए । ती मध्ये दुई तिहाइभन्दा बडी भवनले मापदण्ड पुरा नगरेको अनुमान छ । त्यसको पनि वास्तविक तथ्याङक छैन् । पोखराको धरातल राम्रो नभएकाले अग्ला घर नबनाउन विज्ञहरुले सुझाव दिने गरेका छन् ।आस्था साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्