Logo

अग्नि सापकोटा युद्धका नायक- सांसद रामनारायण बिडारी



काठमाडौं, ८ माघ । राष्ट्रियसभाका सांसद रामनारायण बिडारी खरो बोल्छन् । नेपाल कम्युनिष्ट पार्टीका सांसद बिडारी पछिल्लो समय चर्चामा आइरहन्छन् । अग्निप्रसाद सापकोटा शिक्षक बनेको, युद्धका नायक बनेको र अहिले सभामुख बन्दै गरेको उल्लेख गरे । उनीसँग सभामुखका उम्मेदवार अग्निप्रसाद सापकोटामाथि पछिल्लो समय लागेको आरोप, कानुनी पाटोलगायतबारे ऋषि धमलाले गरेको कुराकानीः
राष्ट्रियसभाको निर्वाचन भोलि हुँदैछ हो ?
हो, भोलि हुँदैछ ।
यो निर्वाचनमा नेकपाले बाजी मार्छ हो ?
पक्कै बाजी मार्छ ।
कुन प्रदेशमा कसरी जित्दै हुनुहुन्छ ?
प्रदेश नं. २ मा राजपासँग तालमेल गरेका छौं । अरु सबै ठाउँमा हामीले नै जित्छौं ।
प्रदेश नं. २ मा नेकपाले राजपालाई राष्ट्रियसभामा सांसद बनाउँदैछ ?
हो, नेकपाले प्रदेश नं. २ मा राजालाई समर्थन गरेको छ ।
कांग्रेस र समाजवादी पार्टीसँग किन गठबन्धन हुन सकेन ?
राजपासँगै कुरा मिल्यो । कांग्रेस सहकार्य गर्न अहिले तयार छैन ।
राष्ट्रियसभामा राजपालाई समर्थन गरिसकेपछि उपसभामुख कसलाई दिनुहुन्छ ?
यो विषयमा अहिलेसम्म पार्टीले निर्णय गरिसकेको छैन ।
राजपालाई उपसभामुख दिने सहमति भइसकेको छ रे नि ?
हम्रो मिडियाहरुलाई काम हुनुभन्दा दुई÷दिन अगाडि नै थाहाहुन्छ । जस्तो सभामुखको लागि त्यत्रो रडाको मच्चाए । हाम्रो ठ्याक्क मिडियाले हल्ला गरेको भन्दा फरक मान्छे ल्यायो । उपसभामुखमा पनि अहिलेसम्म टुंगो लागेको छैन ।
टुंगो नलागेपनि शीर्ष नेताहरुबीच आन्तरिक सहमति त भइसकेको छ नि ?
त्यो हामीलाई थाहा हुने कुरा भएन । दुई नेताबीचमा मात्रै हुने कुरा त कसरी थाहा हुन्छ ।
तपाईंले प्रचण्डसँग ब्रिफिङ गर्नुभएन ?
गर्या छैन ।
भेट्न पनि जानुभएको छैन ?
छैन ।
त्यसोभए सभामुखमा अग्निप्रसाद निर्विरोध हुनुभयो होइन ?
अहिलेसम्म त्यस्तै देखिएको छ । एउटा मात्रै उम्मेदवारी परेको छ ।
अरु विकल्प छैन ?
छैन ।
नागरिक समाजले त अग्निप्रसादलाई सभामुख नबनाउन अपिल गरेका छन् नि ?
यो नागरिक समाज नामका केही युद्धसँग रमाउने, युद्धसँगै खेल्ने । गडबढ नहुँदा छटपटिने मान्छेहरुले गरेहोलान् नत्र किन विरोध गर्नुपर्यो । सभामुखमा अग्निप्रसाद सापकोटा योग्य र सक्षम उम्मेदवार हो ।
उहाँ कसरी योग्य र सक्षम हुनुभयो ?
पहिला युद्ध गर्नुभयो, त्यसलाई पछि सम्झौता गर्नुभयो । मुलुकमा गणतन्त्र ल्याउन उहाँको ठूलो भूमिका छ । उहाँ युद्धको नायक नै हुनुहुन्थ्यो । त्यस्तै गरी क्रान्तिकारी पनि हुनुहुन्थ्यो । शिक्षक हुँदा पनि युनियनको नेतृत्व गर्नुभएको थियो । नेपालको राजनीति पनि बुझ्नुभएको छ । त्यसैले उहाँ अयोग्य हुनुपर्ने कुनै कारण छैन ।
उहाँमाथि अर्जुनबहादुर लामाको हत्या गरेको मुद्दा सर्वोच्च अदालतमा छ नि ?
यस विषयमा कति मान्छेले नबुझेर तर कति मान्छेले बुझेर प्रोपोगाण्डा मच्चाउन खोजेका हुन् । उहाँको यो नेपालभरी कुनै पनि अदालतमा फौजदारी मुद्दा छैन ।
अग्निप्रसाद सापकोटामाथि फौजदारी मुद्दा छैन ?
नेपालैभर उहाँको नाममा कुनै पनि फौजदारी मुद्दा छैन ।
द्वन्द्वकालीन समयमा उहाँले हत्या गरेका समाचार किन आइराखेका छन् ?
द्वन्द्वकालीन समयमा सत्तापक्षले हत्या गरेको, माओवादीले हत्या गरेको भन्ने सबैतिर व्यापक रुपमा छँदै छ नि । १७ हजार मान्छे मारिएको भन्ने कुरा हामी सबैलाई थाहा छ नि ।
तर अहिले आएर यो मुद्दालाई उचालियो नि ?
हिजो उहाँ मन्त्रीहुँदा पनि उचालेका थिए । विरोध गर्ने पनि मुद्दा हाल्न पाउँ भनेर मुद्दा हाल्छन् क्या । त्यसकारण उहाँहरुको खेतीपाती यहीं हो, त्यही खेतीपाती गरेको हो ।
बौद्धिक वर्ग, सञ्चारकर्मी, मानवअधिकारवादीहरुले पनि उहाँको विरोध गर्नुभएको छ नि ?
उहाँहरुको तर्क वाहियात, बेइमानी, नाजाहेज, अमानवीय, र गैरसंवैधानिक तर्क हो

हामी विधिको शासनको वकालत गर्ने अनि हत्या आरोपीलाई सभामुख बनाउने ?
कहाँ छ उहाँको हत्या आरोप । हुँदै नभाको फाटाहा कुरा गर्ने ? कुनै अदालतमा छैन ।
कसरी समाचार आयो त ?
हो, भन्छन् यसो । सुन्नुस, २२ गते उहाँको सर्वोच्च अदालतमा पेसी छ, भन्छन् नि । ‘मुद्दा गर्न पाउँ, मैले मुद्दा गर्न पाइँन’ भन्ने शीर्षकमा कुनै एउटा मान्छेले हालेको मुद्दा छ । त्यो मुद्दा उहाँको विरुद्धमा होइन । महान्यायाधिवक्ता र सरकारको विरुद्धमा छ । त्यो मुद्दा होइन, मुद्दा गर्न पाउँ भन्ने निवेदन हो । ‘फलानाले मान्छे मारेको हो भनि मैले मुद्दा गर्न पाउँ,’ भन्ने शीर्षकमा छ । फौजदारी संहिताको अनुसचि १ को सरकारी मुद्दासम्बन्धी कानुनको अनुसुचि १ मा परेका मुद्दाहरु सरकारले मुद्दा चलाउँछ । त्यसकारण अग्निप्रसाद सापकोटाको नाममा नेपालमा कहीं पनि मुद्दा छैन भनेको हो ।
अर्जुनबहादुर लामाकी श्रीमती पूर्णमाया तामाङले अग्निप्रसाद सापकोटाको निर्देशनमा मेरो पतिको हत्या भएको भनेर मुद्दा दिनुभएको छ नि ?
हो, त त्यसमा कारबाही भएको छ त ? त्यसो त मैले अहिले ‘ऋषि धमलाले फलानो, फलानो थोक गरेकाले कारबाही गरीपाउँ’ भनेर आज एउटा निवदेन लेखेर हालिदिएँ भने तपाईं अयोग्य हो ?’ त्यसको छानविन र कारबाही हुनुपर्दैन ? फेरि मुद्दा हाल्दैमा मान्छे अपराधी हुन्छ ? अपराधी हुनको लागि अदालतले फैसला गर्नुपर्दैन । उहाँको त अदालतमा मुद्दा दर्ता पनि भएको छैन । हो अर्जुनबहादुरकी श्रीमतीले न्याय पाउनुपर्छ त्यसको लागि सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उहाँले निवेदन दिनुभएको छ । त्यहीबाट हेरिन्छ ।
त्यसोभए हत्या आरोपी पनि सभामुख बन्न पाउँछन् ?
आरोपी होइन । हत्याको आरोप त जसले जसलाई लाइदिएपनि भयो नि । मैले कसैलाई आरोप लगाउनेबित्तिकै तथ्य, सत्य हुन्छ ?
सरकारको नियत किन खराब देखियो ?
सरकार कसरी खराब हुन्छ । सरकारले राम्रा–राम्रा विधेयकहरु ल्याएको छ । त्यसमा कतिपय भाषा, कुराहरु मिलेनका छैनन् । त्यसको छलफल गरेका छौं, नमिलेका कुराहरु मिलाउँछौं । हामी जस्ता मान्छे सांसद् भएर त्यहाँ बसेका छौं । ‘हामी त्यहाँ मुर्ति हो ?’
आमसञ्चारदेखि मिडिया काउन्सिलको विधेयक खोइत सच्याएको ?
मिडिया काउन्सिलको विधेयक अहिले राष्ट्रियसभामा छ । त्यसलाई हामीले व्यापक रुपमा ५० प्रतिशतभन्दा बढी सच्याएका छौं ।
तपाईंहरुको पालामा पत्रकारलाई जेल सजाय र जरिवना किन गर्नुपर्यो ?
ती कुरामा एक–एक गरेर दफा–दफामा कार्य गरिराखेका छौं । यो सोनियम समबन्धी अधिकार हुन्छ । यसलाई मिडिया काउन्सिलले नियमन गर्ने हो । पत्रकारले पनि मनलाग्दी लेख्न पाइन्न । पत्रकारले लेखेबापत सजाय हुँदैन । पत्रकारले लेखेर कसैलाई बर्बाद गरिदिएको अदालतबाट पैmसला भयो प्रमाणित भयो भने मात्रै हुन्छ त्यो कुरा । बाहिर हल्ला गरेजस्तो छैन, हामी पत्रकारहरुको पक्षमा छौं ।
जहिले पनि पत्रकारहरुको घाँटी निमोठ्ने काम गर्नुहुन्छ, कसरी पक्षमा कसरी हुनुभयो ?
पत्रकारको मात्रै होइन, कुनै पनि नेपाली नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि असर पर्ने गरी कानुन बनाइने छैन । ‘यो मेरो प्रतिवद्धता हो, तपाईंंको अगाडि भनेँ मैले ।’ बेइमान पत्रकार कारबाहीमा पर्दछन्, असल पत्रकार पुरस्कृत हुन्छन् ।
त्यसोभए बेइमान पत्रकारहरुलाई कारबाही गर्ने ?
बेइमानलाई गर्नुपरेन त भन्या ।
के के गर्दा चाहीं कारबाही गर्नुहुन्छ ?
धेरै किसिमका कानुनहरु छन्, त्यसमा कुन अपराध गर्यो । त्यो अपराध अनुसारको कारबाही हुन्छ ।
सोसल मिडियामा समाचार आयो भने कारबाही हुन्छ ?
सोसल मिडियामा समाचार कारबाही हुँदैन, सम्मान हुन्छ । बिना प्रमाण अर्काको हानी नोक्सानी हुने गरी झुठा कुरा लेखेको रहेछ भने अदालतले कारबाही गर्छ ।
तपाईंहरुले अदालतमा पनि न्यायक्षेत्रभन्दा बाहिरको मान्छे राख्नुभएको छ, अनि त्यस्तो अदालतले के न्याय दिन्छ ?
त्यसले कारबाही गर्दैन । साच्चिकै अदालतले गर्छ कारबाही ।
हिजो सहमति समय सकियो अभैm पनि उखु किसानले पैसा पाएनन् नि ?
यो सरकारले भन्दा बाहेक अर्को कसले भ्रष्टाचारीलाई कारबाही ग¥यो ? त्यसकारण भ्रष्टाचारीलाई छानविन गरिरहेको छ । पहिलादेखि विभिन्न ठाउँमा जकडिएर बसेका भ्रष्टाचारीहरु छन् तिनलाई तुरुन्तै छानविन गरेर कारबाहीमा ल्याउनुपर्छ ।
सुशासनको प्र्रत्याभूति पनि जनताले पाएनन् नि ?
यसको प्रत्याभूति क्रमशः बढ्दै गएको छ । सुशासनको प्रत्याभूति भनेको एकैछिनमा मिल्ने कुरा होइन । अहिले यहाँ कम्युनिस्ट सरकार भनेर इष्र्या, डाहा गरेर अनाहकका प्रचार गरिएको छ ।
उखु किसानको माग पुरा हुन्छ ?
किन नहुनु, हिजै गृहमन्त्रालय पक्राउ गर्न निर्देशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्