Logo

आटेको पु¥याउने दक्षिणकाली मन्दिर



दक्षिणकाली मन्दिर राजधानी काठमाडौंबाट २२ किलोमिटरकोे दुरीमा दक्षिण भागमा अवस्थित रहेको छ । यो कालीदेवीको मन्दिर हो । मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको थियो । मन्दिर फर्पिङको मुटुस्थित ऐतिहासिक महत्वले भरिपूर्ण छ । चारैतिर हरियालीले सजिएको मन्दिर दुई नदीको दोभानमा छ । मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि रहेका छन् ।

यहाँ मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन् । राजाहरू पनि यहाँ प्रत्येक वैशाख महिनामा आफ्नो देवाली मनाउन आउँथ । पर्यटन व्यवसाय पनि फस्टाउन देखिन्छ । मन्दिरमा बर्षेनी हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन् । दसैंको बेला यहाँ विशेष मेला लाग्ने गर्दछ । दसैंको नवरात्रीमा यहाँ कैयौं भक्तजनहरूले हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन् । मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ ।

यो एउटा शक्तिशाली देवी काली को मन्दिर हो । विशेष गरेर शनिवार र मंगलबारका दिन भक्तजनहरुको ठूलो भिड लाग्ने गर्छ । पुरातात्विक हिसाबले यस मन्दिरले धेरै महत्व राखेको छ ।
दक्षिणकाली माताले भक्तजनहरुको इच्छा पूरा गर्ने र आफुले चिताएको कुरा पुग्ने विश्वासका भाकल गर्ने गरिन्छ । र, भाकल पूरा भएपछि भक्तजनहरु दर्शनका लागि मन्दिर जाने गर्दछन् ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्