Logo

जोरपाटीमा सुविधासम्पन्न अस्पताल संचालनमा आउने



काठमाडौं, ८ माघ । जोरपाटीमा सुविधासम्पन्न अस्पताल संचालनमा आउने भएको छ । करिब दुई वर्षको अथक प्रयास पछि जोरपाटी चोकमा खङ्ग्री अन्तराष्ट्रिय अस्पताल संचालनमा आउँने भएको हो । अस्पतालले २५ शैया क्षमताबाट सुरु गरेको छ ।

आगामी शनिवार बाट औपचारीक संचालनमा ल्याउन लागेको अस्पतालले एक हप्ता निःशुल्क विशेषज्ञ सेवा दिने भएको छ । अस्पतालकी प्रमुख डा लक्ष्मी आवाले सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने बताइन ।

अस्पतालले अत्याधुनिक वेडहरु राखेको छ । निजी अस्पतालहरुमा जनता महंगो सेवा लिन बाध्य हुन्छन भन्ने भ्रमलाई चिर्न पनि खङ्ग्री अन्तराष्ट्रिय अस्पतालले काम गर्ने डा आवाले बताईन ।



प्रतिक्रिया दिनुहोस्