Logo

निशुल्क स्वास्थ शिविर सम्पन्न



धनुषा, ८ माघ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत एक दिने निस्शुल्क स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत लक्ष्मिनिया गाउँपालिका ४ स्थित विपी कोईराला माबि सपहीको प्राङ्गणमा १ दिने निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रधुम्न कुमार कार्कीले उक्त स्वास्थ्य शिविर संचालनमा सहयोग र्पुयाउने संघ सस्था तथा व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए । प्रदेश प्रहरी श्रीमती संघ प्रदेश नम्बर २ जनकपुरधामकी अध्यक्ष सुष्मा थापा कार्कीले उक्त शिविरको उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा नेपाल प्रहरी अस्पताल रूपनी सप्तरी, जानकी मेडिकल कलेज जनकपुरधाम र चौधरी आँखा अस्पताल लहानबाट खटिएको चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सेवाग्राहीलाई ल्याव, ईसिजी, युएसजी लगायतमा स्वास्थ्य परीक्षण गरी आवश्यक औषधी वितरण गर्नुका साथै चस्मा, सेन्ट्रि प्याड, साबुन, ब्रस र मन्जन समेत वितरण गरेको थियो ।

प्रदेश प्रहरी श्रीमती संघ प्रदेश नम्बर २ जनकपुरधामको आयोजना तथा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, संघिय प्रहरी ईकाइ कार्यालय जनकपुर, २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र राजविराज, जिल्ला प्रहरी कार्यालय धनुषा, महोतरी, बारा, सप्तरी, सिरहा, सर्लाही, पर्सा, रौतहट, प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, २ नम्बर प्रदेश दंगा नियन्त्रण प्रहरी गण, २ नम्बर प्रदेश सशस्त्र प्रहरी गण, जानकी मेडिकल कलेज जनकपुर, चौधरी आँखा अस्पताल लहान, लक्ष्मीनिया गाउँपालिकाको सहकार्यमा उक्त स्वास्थ्य शिविर संचालन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्