Logo

मेडिसिटी अस्पतालमा अत्याधुनिक बाल सघन उपचार केन्द्र सञ्चालनमा



काठमाडौं, ८ माघ । नेपाल मेडिसिटी अस्पतालको बाल सघन उपचार केन्द्र अर्थात पि आइ सि युुको बुधबार उद्घाटन गरिएको छ । २४सै घण्टा ७ दिन सञ्चालनमा रहने बालबालिकाकै लागि समर्पित सघन उपचार केन्द्रको अस्पतालका चिकित्सकहरुले रिबन काटेर उद्घाटन गरेका हुन् ।

अन्तर्राष्ट्रिय उपचार मापदण्डअनुसार अहिलेको जनसंख्यालाई मध्यनजर गर्ने हो भने पि आई सि यु को धेरै महत्व भएका कारण नेपाल मेडिसिटी अस्पतालले यस किसिमको बाल सघन उपचार कक्षको सञ्चालनमा जोड दिएको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी गराएका छन् ।

बालरोग विशेषज्ञ चिकित्सकहरुको निगरानीमा रहि उपचार गरिने समर्पित सघन कक्षले बालबालिकाको उपचारमा थप टेवा पुग्ने अपेक्षा राखिएको बालरोग विशेषज्ञ डा. आन्या शर्माले राखेकी थिईन् । माघ ८ गते बुधबार बाट शुभारम्भ भएको पि आइ सि युुमा हालका लागि १० बेडको व्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्