Logo

बाह्य नीतिमा बहुआयामिक गतिशीलता



काठमाडौँ, ९ माघ । परराष्ट्र मन्त्रालय बहुआयामिक क्षेत्रमा पहुँच विस्तार गरी राष्ट्रको छवि उच्च पार्न सक्रिय रहेको छ । विगतमा राष्ट्रिय हितको सुरक्षा गर्दै असल छिमेकी सम्बन्ध कायम गर्ने मान्यताबाट मात्र निर्देशित गतिलाई ‘नयाँ र बहुआयामिक’ आयाम दिइएको हो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने, “हामीले हाम्रो भूराजनीतिक उपस्थितिलाई विशेष रूपमा बुझेका छौँ, त्यसैले अब दुई ढुङ्गाबीचको तरुलको व्याख्या बदल्न चाहन्छाँै ।” उनले भने झैँ विश्वमा छिटो आर्थिक विकासको बाटोमा अग्रसर भइरहेका राष्ट्रहरूमध्ये नेपाल उत्कृष्ट १० भित्र पर्छ । नेपालको परराष्ट्र नीतिको उद्देश्य र सिद्धान्त राष्ट्रिय हितको संरक्षण र प्रवद्र्धन गर्नु, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न योगदान गर्नु, नेपाली सभ्यता, संस्कृति र पहिचानको प्रवद्र्धन गर्नु हो ।

यसैगरी विदेशमा रहेका नेपालीको सुरक्षा र स्वाभिमानको रक्षा गर्नु, सबैसँग मित्रता राख्दै कसैसँग पनि शत्रुता नगर्नु, पञ्चशील र असंलग्नताको सिद्धान्तसँगै संयुक्त राष्ट्रसङ्घको बडापत्र र विश्वशान्ति कायम राख्ने अन्तर्राष्ट्रिय कानुनको पालना गर्नु नेपालको दायित्व रहेको छ । मन्त्रालयले केही दिनअघि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा परराष्ट्र मन्त्रालयको बहुआयामिक गतिलाई स्पष्ट पारिएको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्